नेपालमा पछिल्लो २४ घण्टामा २७ जनाको मृत्यु, ९ वटा जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ५०० भन्दा बढी
- गाउँ सहर संवाददाता
- २० असार आइतबार, २०७८ | १६:५२:०० मा प्रकाशित
काठमाडौँ । नेपालमा कोरोनाभाइरसको सक्रिय संक्रमितको संख्या घट्दै गएको छ । दैनिक मृतकको संख्या घटेको छ । तर केहि दिनको तुलनामा संक्रमितको संख्या बढेको छ । कुल पीसीआर परीक्षणकाे २१.४ प्रतिशतमा संक्रमण देखिएकाे छ ।
कोरोनाभाइरसको कारण नेपालमा पछिल्लो २४ घण्टामा २७ जनाको मृत्यु भएको छ । यो सहित कुल मृतकको संख्या ९ हजार २२५ पुगेको छ ।
नेपालमा गत २४ घण्टामा थप १ हजार ६ सय ३ जना कोरोनाभाइरस सङ्क्रमित थपिएका छन् । याेसहित कुल संक्रमितकाे संख्या ६ लाख ८२ हजार ७३५ पुगेकाे छ । मन्त्रालयका अनुसार साे अवधिमा २ हजार ५५२ जना डिस्चार्ज भएकाे र साेसहित कुल डिस्चार्ज हुनेकाे संख्या ६ लाख ९ हजार २१८ पुगेकाे छ ।
पीसीआर र एन्टिजन गरी कुल ८ हजार १ सय ३२ जनाको परीक्षण गरिँदा १ हजार ६ सय ३ जनामा सङ्क्रमण भेटिएको मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले बताए ।
गएको २४ घण्टामा पीसीआर विधिबाट ४ हजार ८ सय ७६ र एन्टिजन विधिबाट ३ हजार २ सय ५६ परीक्षण भएको थियो ।
पीसीआरबाट १ हजार ४२ जना र एन्टिजनबाट ५ सय ६१ जनामा सङ्क्रमण देखिएको हो । ९ वटा जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ५०० भन्दा बढी रहेको छ ।
हाल कर्णाली प्रदेशमा सबैभन्दा बढी सङ्क्रमण देखिएको पौडेलले जानकारी दिए । त्यहाँ पीसीआर परीक्षण गरिएकामध्ये ४०.७ प्रतिशतमा सङ्क्रमण देखिएको छ ।
पछिल्लो २४ घण्टाको तथ्याँकले पनि २० वर्षदेखि ६० वर्ष समूहमा सबैभन्दा बढी संक्रमण देखिएको छ ।
मन्त्रालयका अनुसार अहिलेसम्म दुबै विधि गरेर ३५ लाख ७२ हजार ७९० जनाकाे काेराेना परीक्षण भएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
- कांग्रेस इतर समूहले १५औँ महाधिवेशनको कार्यतालिका ल्याउन बोलायो बैठक
- अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्दै सरकारद्वारा विपद् व्यवस्थापनमा तीव्रता
- विपद्ले टुटाएको धादिङवेँसीको सडक सम्बन्ध वैकल्पिक मार्गले जोड्यो
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई प्राइम कमर्सियल बैंकको ३ करोड १ लाख रुपैयाँ सहयोग
- बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको द्रुत सेवा पुनरुत्थान र राहत प्रयास
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
प्रतिकृया दिनुहोस