स्वास्थ्य

पछिल्लाे २४ घण्टामा यस्ताे छ काठमाडाैं उपत्यकासहित देशभरकाे काेराेना अवस्था

काठमाडौं । पछिल्लो २४ घण्टामा २ हजार २९९ जना कोभिड संक्रमित थपिएका छन् । देशभर १० हजार ५९६ वटा नमुनाको परीक्षण गर्दा २ हजार २९९ जनामा संक्रमण पुष्टि भएको हो । 

त्यस्तै पछिल्लो २४ घण्टामा ३४ जनाको मृत्यु पुष्टि भएको छ । 

योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार १७९ पुगेको छ । आज ३ हजार ४५१ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा शुक्रबार थप ४२८ जनामा संक्रमण पुष्टि भएको छ ।

काठमाडौंका ३१६, ललितपुरका ७८ तथा भक्तपुरका ३४ जनामा संक्रमण पुष्टि भएको हो ।

गाउँ सहर संवाददाता