शेयरबजारका कुरा : सामान्य अंकले बढेर बन्द भयाे नेप्से
- गाउँ सहर संवाददाता
- १४ असार सोमबार, २०७८ | १५:२८:०० मा प्रकाशित
काठमाडौं । सोमबार नेप्से परिसूचक ५.११ अंक बढेर २८७५.४९ विन्दुमा पुगेको छ ।
सेन्सेटिभ इण्डेक्स ४.१७ अंक बढेर ५३३.५७ विन्दुमा पुगेको छ ।
यस दिन २१९ कम्पनीको ८१ हजार ३०० पटकको कारोबारमा ७ अर्ब ७२ करोड ५५ लाख रुपैयाँ बराबरको १ करोड ९२ लाख ८२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।
आज दुई कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्य बढ्ने कम्पनीमा सिभिल लघुवित्त वित्तिय संस्था र सबैको लघुवित्त वित्तिय संस्था रहेका छन् । जसको शेयरमूल्य करिब ९ प्रतिशतले बढेको छ ।
त्यसैगरि, आज बेष्ट फाइनान्स कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य करिब ६ प्रतिशतले घटेको छ ।
कारोबारको आधारमा आज सबैभन्दा बढी अप्पर तामाकोशीको कारोबार भएको छ । यस कम्पनीको आज ६६ करोड भन्दा बढीको शेयर कारोबार भएको छ ।
लगानीकर्ताहरु लघुवित्त कम्पनीहरु तर्फ आकर्षित भएका छन् । यस दिन अधिकांश लघुवित्त कम्पनीहरुको शेयरमूल्य बढेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पोखरा–२९ स्थित आदर्श युवा क्लबको अध्यक्षमा हमाल
- जनकपुरको दोस्रो जित, पोखराको लगातार दोस्रो हार
- मधेशी युवालाई वक्ताहरूको आह्वान : अब अरूको मुख नताकौँ, आफैँ नेतृत्व गरौँ
- नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारी साधनले आजदेखि कति तिर्नुपर्नेछ
- एनपीएलमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदै
- अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, देशभर मौसम क्रमिक रूपमा सुधार हुने
- घरपरिसरमै सुधारिएको खानेपानीको पहुँच ९० प्रतिशतमा, सुरक्षित पानी पाउने जनसङ्ख्या ४७.५ प्रतिशत मात्रै
- लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल रद्द, अंक बाँडियो
- मनाङमा २४ घण्टामै १०४.४ मिलिमिटर वर्षा, सतर्कता अपनाउन आग्रह
- समाचार लेखेकै भरमा पत्रकारमाथि धरपकड : लोकतन्त्रमा सरकारको शक्ति कि असहिष्णुताको प्रदर्शन?
प्रतिकृया दिनुहोस