शेयरबजारका कुरा : सामान्य अंकले बढेर बन्द भयाे नेप्से
- गाउँ सहर संवाददाता
- १४ असार सोमबार, २०७८ | १५:२८:०० मा प्रकाशित
काठमाडौं । सोमबार नेप्से परिसूचक ५.११ अंक बढेर २८७५.४९ विन्दुमा पुगेको छ ।
सेन्सेटिभ इण्डेक्स ४.१७ अंक बढेर ५३३.५७ विन्दुमा पुगेको छ ।
यस दिन २१९ कम्पनीको ८१ हजार ३०० पटकको कारोबारमा ७ अर्ब ७२ करोड ५५ लाख रुपैयाँ बराबरको १ करोड ९२ लाख ८२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।
आज दुई कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्य बढ्ने कम्पनीमा सिभिल लघुवित्त वित्तिय संस्था र सबैको लघुवित्त वित्तिय संस्था रहेका छन् । जसको शेयरमूल्य करिब ९ प्रतिशतले बढेको छ ।
त्यसैगरि, आज बेष्ट फाइनान्स कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य करिब ६ प्रतिशतले घटेको छ ।
कारोबारको आधारमा आज सबैभन्दा बढी अप्पर तामाकोशीको कारोबार भएको छ । यस कम्पनीको आज ६६ करोड भन्दा बढीको शेयर कारोबार भएको छ ।
लगानीकर्ताहरु लघुवित्त कम्पनीहरु तर्फ आकर्षित भएका छन् । यस दिन अधिकांश लघुवित्त कम्पनीहरुको शेयरमूल्य बढेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भोटेकोसी बाढीबाट मृत्यु हुनेको संख्या एक हजार नाघ्यो, ३९ सय १६ सम्पर्कविहीन
- राष्ट्रियसभाले पारित गर्यो विशेष प्रस्ताव
- करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित
- चीनतर्फका दुवै नाका बन्द
- भोटेकोशी बाढी प्रभावित क्षेत्रका नागरिकको पुनःस्थापनाका लागि सरकारद्वारा कार्यदल गठन
- विधानको गरिमा जोगाउन तदर्थ समितिको माग: मुद्रण महासङ्घभित्रको वैधानिक सङ्कट र निकासको बाटो
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
प्रतिकृया दिनुहोस