गाउँ सहर
पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्याे (मूल्य सूचीसहित)
- गाउँ सहर संवाददाता
- ९ असार बुधबार, २०७८ | २१:२४:०० मा प्रकाशित

काठमाडौं । नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । बुधबार रातिदेखि लागु हुनेगरी निगमले पट्रोल, डिजेल, मट्टीतेलको र आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर २ रुपैयाँको दरले बढाएको हो ।
नयाँ मुल्य सूची अनुसार पेट्रोलको प्रतिलिटर १२७ डिजेल र मट्टीतेलको ११० तथा आन्तरिक हवाई इन्धनको मूल्य ८२ रूपैयाँ पुगेको छ ।
यस्तै अन्तरास्ट्रिय हवाइ इन्धनको मूल्य पनि बढेको छ । अन्तर्राष्ट्रिय हवाई इन्धन प्रतिकिलोलिटर २० डलरले बढेर ७३५ डलर पुगेको छ ।
नेपाल आयल निगमले यसअघि जेठ २२ मा पनि निगमले पेट्रोल, डिजेल, मट्टीतेल र आन्तरिक हवाई इन्धनकाे मूल्य प्रतिलिटर २ रुपैयाँकाे दरले बढाएकाे थियाे ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नागार्जुनका मेयर मोहन बस्नेतलाई ११ वर्ष जेल सजाय, २८ करोड भन्दा बढी जरिवाना
- नेप्से परिसूचक एक अंकले बढ्याे
- रुपन्देही-३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने
- मन्त्रिपरिषद् बैठकका १५ निर्णय
- कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, यी हुन् एजेन्डा
- लाओसबिरूद्ध नेपालकाे ९ गाेल, साम्बाकाे मात्रै ५ गाेल
- २६ अंकले बढेको नेप्सेका कति भयाे कारोबार
- निजामती विधेयक प्रतिनिधि सभाबाट पारित
- रास्वपा र राप्रपाद्वारा आज पनि सदन बहिष्कार
- विशाल रन लक्ष्य दिएकाे नेपालले इन्डोनेसियालाई ५० रनमै अलआउट
प्रतिकृया दिनुहोस