लगानी बोर्डद्वारा ९७ अर्ब रुपैयाँ बराबरको विदेशी लगानी स्वीकृत
- गाउँ सहर संवाददाता
- ८ असार मंगलबार, २०७८ | १९:२९:०० मा प्रकाशित

काठमाडाैं । लगानी बोर्डले ९७ अर्ब रुपैयाँ बराबरको विदेशी लगानी स्वीकृत गरेको छ । प्रधानमन्त्री एवम् लगानी बोर्डका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बोर्डको ४७ औँ बैठकले ५४ करोड अमेरिकी डलर लागतमा बन्ने दुई सय ८५ मेगावाट क्षमताको माथिल्लो तमोर जलविद्युत् परियोजनाका लागि लागत स्वीकृत गरेको छ ।
यस्तै एक सय ३९ मेगावाट क्षमताको तल्लो मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजनाका लागि ३३ अर्ब ४१ करोड ४० लाख गरी ९७ अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत गरिएकाे हो । बैठकले सार्वजनिक–निजी साझेदारी अवधारणामा झापाको दमकमा निर्माण हुने गरी प्रस्ताव गरिएको देशकै सबैभन्दा ठूलो औद्योगिक पार्क चीन–नेपाल मैत्री औद्योगिक पार्कको विस्तृत परियोजना प्रतिवेदन स्वीकृत गरी विकासकर्तासँग परियोजना विकास सम्झौता पीडीएका लागि आवश्यक तयारी गर्न लगानी बोर्डको कार्यालयलाई निर्देशन दिएको छ ।
बैठकले सङ्खुवासभामा निर्माण हुने ६ सय ७९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् परियोजनाको विस्तृत सम्भाव्यता अध्ययनका लागि सर्वेक्षण अनुमतिपत्र जारी गर्न परियोजना विकासकर्ता एसजेभीएन लिमिटेड भारतसँग गरिने समझदारीको मस्यौदा स्वीकृत गरेको छ ।
त्यसैगरी बैठकले सात सय ५६ मेगावाट क्षमताको तमोर जलाशययुक्त जलविद्युत् परियोजनाको सर्वेक्षण अनुमति प्रदान गर्ने सम्बन्धमा देखिएका अस्पष्टतालाई सम्बोधन गरी आवश्यक कानुनी सुधार गर्न ऊर्जा, जलस्राेत तथा सिँचाइ मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस