७९ अंकले बढ्याे नेप्से परिसूचक, काराेबारमा रि–इन्स्योरेन्स कम्पनी अग्रस्थानमा
- गाउँ सहर संवाददाता
- ८ असार मंगलबार, २०७८ | १५:३२:०० मा प्रकाशित

काठमाडाैं । मंगलबार शेयर बजार परिसुचक नेप्से उच्च अंकले बढेकाे छ । नेपाल धितोपत्र बोर्डको विज्ञप्तिका कारण लगातार ओरालो लागेको नेप्से परिसूचक यसदिन ७९.४३ अंकले बढेर २९१३.८४ विन्दुमा पुगेको छ । यसअघि आइतबार र सोमबार दुई दिनमा नेप्से एक सय ३४ अंकले घटेको थियो ।
नेप्सेका अनुसार आज ६ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज सर्किट लाग्ने कम्पनीहरुमा अपी हाइड्रोपावर, जनकी फाइनान्स, बरुण हाइड्रोपावर कम्पनी, हाइड्रो इलेक्ट्रोसीटी एण्ड इनभेष्टमेन्ट कम्पनी, ङादी ग्रुप पावर कम्पनी र पञ्चकन्यामाइ हाइड्रोपावर कम्पनी रहेका छन् ।
यसदिन १ करोड ९७ लाख ७० हजार ६३८ कित्ता सेयर १० अर्ब २८ करोड ६२ लाख ६९ हजार ९५७ रुपैयाँमा कारोबार भएको छ । आज २०१ वटा कम्पनीको सेयर मूल्य बढ्दा १५ वटा कम्पनीको सेयर मूल्य घटेको छ । त्यसैगरी ९ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।
यो दिन सव इन्डेक्सतर्फ विकास बैंक र फाइनान्स ५.७७ प्रतिशतले बढेको छ भने जलविद्युतको सव इन्डेक्स ५.४७, होटल तथा पर्यटन ३.२८ प्रतिशत, लगानी उपसमूह ४.२६ प्रतिशतले वृद्धि भएको छ ।
त्यसैगरी गुमाउने शीर्ष कम्पनीमा एसबीएल डिबेञ्चर, एनआइसी एसिया डिबेञ्चर, गोर्खाज फाइनान्स, कुमारी इक्विटी फन्ड र लक्ष्मी इक्विटी फन्ड छन् ।
कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल रि–इन्स्योरेन्स कम्पनीको भएको छ । यस कम्पनीको एक अर्ब ४९ करोड ३२ लाख ५३ हजार ७१२ बराबरको शेयर कारोबार भएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस