पर्यटन क्षेत्र थला परेपछि नेपाल भित्रिने विदेशी लगानी ३२ प्रतिशतले घट्यो
- गाउँ सहर संवाददाता
- ८ असार मंगलबार, २०७८ | ०९:०४:०० मा प्रकाशित
काठमाडाैं । कोरोना सङ्क्रमणका कारण पर्यटन क्षेत्र थला परेपछि त्यसको प्रत्यक्ष असर नेपाल भित्रिने विदेशी लगानीमा परेको छ । जसको परिणामस्वरूप सन् २०२० मा नेपालको विदेशी लगानी ३२ प्रतिशतले खुम्चिएर १४ अर्ब ७४ करोड रुपियाँमा सीमित भएको छ ।
संयुक्त राष्ट्रसङ्घीय व्यापार तथा विकास सभा (अङ्कट्याड)ले सोमबार सार्वजनिक गरेको विश्व लगानी प्रतिवेदन २०२१ अनुसार अन्य आर्थिक गतिविधिसँग पनि जोडिएको पर्यटन क्षेत्र प्रभावित हुँदा विदेशी लगानी प्रभावित भएको हो ।
प्रतिवेदनअनुसार सन् २०१९ मा भने नेपालले उच्च विदेशी लगानी प्राप्त गरेको थियो । उक्त वर्ष नेपालले २१ अर्ब ६४ करोड रुपियाँ विदेशी लगानी भित्र्याएको थियो ।
पछिल्ला पाँच वर्षमध्ये सन् २०१७ मा ऐतिहासिक रूपमै उच्च अर्थात् २३ अर्ब १६ करोड रुपियाँ विदेशी लगानी प्राप्त गरेको थियो । सन् २०१८ मा विदेशी लगानी व्यापक घटेर ७ अर्ब ८३ करोड रुपियाँमा सीमित भएको प्रतिवेदनमा उल्लेख छ ।
दक्षिण एसियाली मुलुकमध्ये सन् २०२० सबैभन्दा धेरै भारतले ६४ अर्ब डलर विदेशी लगानी भित्र्याएको छ । त्यसपछि बङ्गलादेशले दुई अर्ब ५६ करोड, पाकिस्तानले दुई अर्ब १० करोड, श्रीलङ्काले ४३ करोड, माल्दिभ्सले ३४ करोड डलर लगानी भित्र्याएका छन् ।
अफगानिस्तानले केवल एक करोड ३० लाख डलर मात्र लगानी भिœयाएको प्रतिवेदनमा उलेख छ । दक्षिण एसियाली मुलुकमध्ये सबैभन्दा कम भुटानमा ३० लाख डलर मात्र विदेशी लगानी भित्रिएको छ ।
भारतबाहेक अन्य सबै दक्षिण एसियाली मुलुकको सन् २०२० मा भित्रिएको विदेशी लगानी अघिल्लो वर्षको तुलनामा घटेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ओमानमाथि नेपालको रोमाञ्चक जित, लिग–२ छैटौँ स्थानमा टुंग्यायो
- कोप–३१ मा जलवायु न्याय र हिमाली संरक्षणलाई प्राथमिकता दिँदै नेपाल
- नेपालले ओमानलाई दियो २८१ रनको लक्ष्य, रोहित, दीपेन्द्र र देवको अर्धशतक
- एनटी फाइबरको विशेष अफरप्रति ग्राहकको आकर्षण, जडानका लागि १९८ मा कल गर्न सकिने
- नेपाल टेलिकम एनपीएल सिजन–३ को अफिसियल टेलिकम पार्टनर
- तिथिको घटबढले दुई दिन महाअष्टमी, आज पनि दुर्गा भवानीको विशेष पूजा
- भावुक स्टाटसः “बेत्रावतीमा मर्नलाइ बेत्रावती मै बस्नुपर्छ”
- सुनकोसीमा सुमो खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
प्रतिकृया दिनुहोस