काठमाडाैं महानगरले सिन्धुपाल्चोकका पाँचपोखरी थाङपाल र हेलम्बुलाई ५०-५० लाख दिने
- गाउँ सहर संवाददाता
- ४ असार शुक्रबार, २०७८ | १४:३१:०० मा प्रकाशित

काठमाडाैं । काठमाडाैं महानगरपालिकाले राहत तथा उद्धारका लागि सिन्धुपाल्चोकका थप दुई गाउँपालिका पाँचपोखरी थाङपाल र हेलम्बुलाई पचास/पचास लाख रुपैयाँ दिने घोषणा गरेको छ ।
काठमाडाैं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले नगर सभाको नवौँ अधिवेशनको पहिलो बैठकलाई सम्बाेधन गर्दै काठमाडाैं महानगरको तर्फबाट मेलम्ची नगरपालिकालाई दुई करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरिसकेका छन् । मेलम्ची नदीमा आएको बाढी र त्यसले गरेको जन–धनको क्षतिपछिको राहत तथा उद्धारका लागि त्याे रकम सहयोग गर्ने घोषणा गरेको मेयर शाक्यले जानकारी दिए ।
मेलम्ची नगरपालिका काठमाण्डाै महानगरपालिकासँग भगिनी सम्बन्ध स्थापित नगर हो । मेलम्चीलाई यसअघि पनि नगर–नगर साझेदारी कार्यक्रम अन्तर्गत महानगरपालिकाले मेलम्ची नगरपालिका वडा नं १० मेलम्ची बजार नजिक इन्द्रावती नदीको किनारमा जोडिएको स्थलमा पानीको फोहरा, हेलिप्याड, पर्यटक विश्रामस्थल, बालबालिका खेलकुद कक्ष सहितको रमणीय तथा पर्यटकीय मेलम्ची सिटी पार्क निर्माणका लागि एक कराेड ५० लाख रुपैयाँ अनुदान दिने सम्झौता–पत्रमा हस्ताक्षर गरेको थियो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस