अध्यक्ष लाेहनीकाे नेतृत्व हस्तान्तरण संकेत ‘त्याग नगर्ने प्रबृत्तिमाथि हरिश्चचन्द्र भाव’
- गाउँ सहर संवाददाता
- २ असार बुधबार, २०७८ | ०८:५८:०० मा प्रकाशित

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यसम्पादन समिति सदस्य राजेन्द्र गुरूङले पार्टीभित्र नेतृत्व पुस्ता हस्तान्तरण सकारात्मक संकेत भएकाे बताएका छन् ।
पार्टी अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले एक अन्तर्वार्तामा नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न सकिने अभिव्यक्तिप्रति गुरूङले त्याग गर्ने प्रबृत्तिमाथि ग्रहण लागेको समयमा हरिश्चचन्द्र भाव देखिएकाे भन्दै "मै खाऊँ मै लाऊँ" भन्ने मान्यतामा रमाउने संस्कार स्थापित भएको बेला कुनै पनि मुल्यमा पद छोड्नु हुँदैन भन्ने मानसिकता हाबी भएको बेला सहमति हुन्छ भने नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न तयार छु भन्ने अभिव्यक्ति उदाहरणीय, अनुकरणीय र अनुशरणीय भएकाे बताएका हुन् ।
गुरूङले इतिहासलाई हेर्ने हो भने त्याग गर्नेको नै उच्च मूल्याँकन भएको स्मरण गर्दै मुलुकमा मौलाउँदै गएको आफूमात्र ठीक, आफैँ मात्र पदमा हुनुपर्ने भन्ने मानसिकता, दिनु भन्दा लिनुमा प्रसन्न हुने प्रबृत्तिबिरुद्ध अध्यक्ष लाेहनीले नेतृत्व नयाँ पुस्तामा हस्तान्तर गर्न सकिने संकेत दह्राे झापड भएकाे उल्लेख गरे ।
उनले भने- :अध्यक्षज्यु को यो अभिव्यक्तिले राप्रपामा तरङ्ग ल्याएको छ । पार्टीभित्र फेरि एउटा बहस अनि उत्साह र आशाका सुनौलो किरण आउँछ भन्ने लागेको छ । पार्टीको नेतृत्वले पार्टी र कार्यकर्ताको बृहत्तर हितलाई केन्द्रमा राखेर नेतृत्व र जिम्मेवारी हस्तान्तरण र पुस्तान्तरण गर्ने उदारता देखाउने साहस गर्ने असल र सक्षम नेतृत्व रहेसम्म पार्टीको भविष्य सुदृढीकरण हुन्छ भन्ने आशा गर्न सकिन्छ । पुस्तान्तरण गर्दा योग्य बनाई आशिर्वादसहित हुनुपर्दछ । दिने र लिनेबीच कटुता होइन करुणा हुनुपर्दछ ।आरोप प्रत्यारोप अनि तेजोबध गरेर हाेइन विश्वासको वातावरण निर्माण हुनुपर्दछ । युवाको जोश अनि अग्रजको अनुभवलाई समेट्दै आपसी सद्भाव,विश्वास, एकताको बलमा नेपाली जनताको मन जित्दै राजासहितको प्रजातन्त्र, हिन्दु रास्ट्र स्थापना गर्ने पार्टीको सिद्धान्तलाई सशक्त बनाउदै इमान्दारितापूर्वक, उदारहृदय, गतिशील सोच लिएर नेपाली जनताको बीचमा जाने हो भने राप्रपालाई नेपाल र नेपालीको पार्टीको रुपमा स्थापित गराउन सकिन्छ ।"

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
प्रतिकृया दिनुहोस