१४ हजार ८१९ को परीक्षण गर्दा २ हजार ९१८ नयाँ कोरोना संक्रमित थपिए, ५३* जनाको निधन
- गाउँ सहर संवाददाता
- ३१ जेठ सोमबार, २०७८ | १७:०२:०० मा प्रकाशित

काठमाडौँ । नेपालमा कोरोनाभाइरसको सक्रिय संक्रमितको संख्या घट्दै गएको छ । दैनिक मृतकको संख्या घटेको छ । नयाँ थपिने संक्रमितको संख्यापनि कम भएको छ भने निको हुने दर बढेको छ ।
कोरोनाभाइरसको कारण नेपालमा पछिल्लो २४ घण्टामा ५३* जनाको मृत्यु भएको छ । यो *मृत्यु नेपाली सेनाद्वारा विभिन्न मितिमा शव व्यवस्थापन गरेका समेत हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा दुबै विधिबाट १४ हजार ८१९ को परीक्षण गरिएकोमा २ हजार ९१८ नयाँ संक्रमित थपिएका छन् । योसहित कुल संक्रमितको संख्या पिसिआर विधिबाट ६ लाख १० हजार ५२१ र एन्टिजेन विधिबाट २१ हजार ३३९ पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार १४७ जना निको भएका छन् । योसहित कुल निको हुनेको संख्या ५ लाख ३६ हजार २५२ पुगेको छ । निको हुनेको प्रतिशत ८७.८ छ ।
मन्त्रालयका अनुसार अहिले देशभरमा ६५ हजार ८०४ सक्रिय संक्रमित रहेका छन् । मन्त्रालयका अनुसार देशभरका अस्पतालहरुमा ९९५ को आइसियूमा र ३२४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । उसका अनुसार अहिले होम आइसोलेशनमा रहनेको संख्या ६१ हजार १२२ र संस्थागत आइसोलेशनमा रहनेको संख्या ४ हजार ६८२ छ । क्वारेन्टाइनमा रहनेको संख्या ५३१ छ ।
पछिल्लो समय कोरोना कहर बढ्दै जाँदा कोरोनाको चेन ब्रेक गर्न धेरै स्थानहरुमा कडा निषेधाज्ञा जारी गरिएको छ भने काठमाडौँ उपत्यकामा केहि खुकुलो गरिएको छ ।
पछिल्लो २४ घण्टाको तथ्याँकले पनि २१ वर्षदेखि ६० वर्ष समूहमा सबैभन्दा बढी संक्रमण देखिएको छ ।
मन्त्रालयका अनुसार ४५ जिल्लाहरुमा संक्रमणको दर ५०० माथि छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस