विशेष माैसम बुलेटिनः मनसुन प्रवेश, केहि स्थानमा एकदुइ दिनमै
- गाउँ सहर संवाददाता
- २९ जेठ शनिबार, २०७८ | १६:३०:०० मा प्रकाशित

काठमाडाैँ । जल तथा माैसम विज्ञान विभागका अनुसार, मिति २०७८/०२/२८ गते बाट नेपालको पूर्वी भूभागहरुः प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा प्रवेश गरेको मनसुन (Monsoon Onset) आज मिति २०७८/०२/२९ गते बाट देशको गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशको पूर्वी भू-भाग सम्म प्रवेश गरेको छ । अबको एक दुई दिनमा मनसुन पश्चिम नेपाल सम्मनै प्रवेश गर्ने देखिन्छ ।
आगामी साता मनसुन सक्रिय भई देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा केहि स्थानहरुमा भारी वर्षा र थोरै स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन हुन विभागले अनुरोध गरेकाे छ ।
मौसम पूर्वानुमान महाशाखाले मनसुनलाई निरन्तर अनुगमन गरिरहेको र महाशाखाबाट जारी गरिने तिन दिने मौसम पूर्वानुमान तथा अन्य अद्यावधिक मौसमी सूचनाको दैनिक रुपमा जानकारी लिन हुन अनुरोध गरेकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- मरिचका बिरुवा बेचेर मनग्य आम्दानी
- राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
- नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत
- नयाँ प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभा विघटन, फागुन २१ गते बिहीबार निर्वाचन
- भायानेटले इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्कायाे, भन्याे- ग्राहकहरूले देखाएको धैर्य, बुझाइ, र विश्वासका लागि धन्यवाद
- जेन्जी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको दाहसंस्कार गरियाे
- जेन जी आन्दोलनमा देशभर ५१ जनाको मृत्यु पुष्टी
- जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्याे
प्रतिकृया दिनुहोस