विश्वकप छनोटको खेलमा अष्ट्रेलियाविरुद्ध नेपाली खेलाडीकाे जुझारुपन (हेर्नुहाेस् तस्बीरहरू)
- गाउँ सहर संवाददाता
- २९ जेठ शनिबार, २०७८ | ०९:१८:०० मा प्रकाशित
.jpeg)
फिफा विश्वकप-२०२२ तथा एसियन कप-२०२३ अन्तर्गत दोस्रो चरणको छनोटको अन्तिम खेलमा नेपाल पराजित भएको छ । कुवेतमा शुक्रबार राति १० खेलाडीमा समेटिएको नेपाल एशियाली फुटबलको पावरहाउस अष्ट्रेलियासँग ३-० गोल अन्तरले पराजित भएको हो ।
तर खेल अवधिभर नेपाली खेलाडीले देखाएकाे जुझारुपनप्रति नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलेमुताइरीले खुलेर प्रशंसा गरेका छन् ।
अलमुताईरीले नेपालले अष्ट्रेलियाविरुद्ध वीर गोर्खाली जस्तै प्रर्दशन गरेको बताएका छन् ।
‘हामीले गोर्खाली जस्तै खेल्यौं । १० खेलाडीमा सिमित बनेपनि केही फरक परेन । खेलाडीले हर सेकेन्ड मेहेनत गरेर खेले ।’ अलमुताईरीले खेलपछि भने ।
खेलको ४५ औं मिनेटमा नेपाल १० खेलाडीमा समेटियो । नेपालका डिफेन्डर रोहित चन्द रातो कार्ड पाएर मैदानबाट बाहिरिएका थिए ।
अष्ट्रेलियाका मार्टिनलाई फउल गरेपछि ओमानी रेफ्री अहमेदले रोहितलाई रातो कार्ड देखाएका थिए ।
फिफा वरीयतामा १३० स्थानमाथिको टिमविरुद्ध पूरा समय नै नेपाली टिम आफ्नै क्षेत्रमा विपक्षीलई रोक्ने प्रयासमा व्यस्त रह्यो । विशेषगरी गोलकिपर किरण चेम्जोङ र सेन्टरब्याक अनन्त तामाङको प्रदर्शन उत्कृष्ट रह्यो । युरोपेली लिगका क्लबमा आबद्ध खेलाडीको बाहुल्य रहेको टिमविरुद्ध किरणले पाँच आक्रमणमा राम्रो बचाउ गरे ।
जाबेर अल–अहमद अन्तर्राष्ट्रिय रंगशालामा कप्तान म्याथ्यु लेस्कीले हेडर गोल गर्दै छैटौं मिनेटमै अस्ट्रेलियालाई अग्रता दिलाए । उनकै उत्कृष्ट पासमा फ्रान कारासिचले ३८ औं मिनेटमा दोस्रो गोल गरे । बल अघि बढाइरहेका मार्टिन बोएललाई फाउल गर्दै लडाएपछि रोहितले ४५ औं मिनेटमा रातो कार्ड बेहोर्दै मैदान छाडे । त्यसपछि नेपाली टिमलाई अझै समस्या हुने अनुमान गरिएको थियो । तर, १० खेलाडीले पनि जुझारुपन देखाए । उनै मार्टिनले ५७ औं मिनेटमा तेस्रो गोल गरे ।
‘हामीले आफ्नो उत्कृष्ट दियौं । हामीले काउन्टरमा खेल्ने प्रयास गर्यौ । हामीले रक्षात्मक खेल्ने प्रयासनै गरेनौं ।’ अब्दुल्लाहले भने ।
अष्ट्रेलियन प्रशिक्षक ग्राहम अर्नोल्डले नेपालको चुनौती दिने मानसिकताको खुलेर प्रशंसा गरे ।
जितपछि अष्ट्रेलियाले विश्वकप छनोटको तेस्रो चरण र एसियन कपमा स्थान बनाएको छ ।
शीर्ष स्थानको अष्ट्रेलियाले ७ खेलमा २१ अंक जोडेको छ । यस समूह 'बी' मा अष्ट्रेलिया अपराजित रहने एक्लो टिम हो । नेपालले ८ खेलमा ६ अंक जोडेको छ । नेपालले चौंथो स्थानमा रहेर छनोटको अन्त्य गरेको छ ।
नेपालको विश्वकपको तेस्रो चरण र एसियन कपको सम्भावना यस अघि नै सकिएको थियो । तर, नेपालको प्ले अफबाट तेस्रो चरणमा पुग्ने सम्भावना भने बाँकी रहेको छ ।
सबै समूहका पुछारका टोली र चौथो स्थानमा रहने कमजोर चार टोलीले प्लेअफमा प्रतिस्पर्धा गर्नेछन् ।
तस्बिरहरू : कुवेत एफए

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- घुस काण्डमा मुछिएका मन्त्री गुप्तालाई बर्खास्त गर्न गगन थापाकाे माग
- काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोड ४३ लाख रुपैयाँको बजेट
- आज आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- एनपीएलको अक्सनका लागि खेलाडी दर्ता खुला
- यस्ताे आयाे आगामी आर्थिक वर्ष २०८२/८३ काे माैद्रिक नीति (पूर्णपाठ)
- विवाह गरेर ३० वर्षभित्र तीन सन्तान पाइसक्न प्रधानमन्त्रीको आग्रह
- आज विश्व जनसङ्ख्या दिवस
- आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै
- यस्ताे छ मुलुककाे ११ महिनाकाे स्वास्थ्य अवस्था
- स्थिर रहेकाे नेप्से परिसूचकमा घट्याे काराेबार रकम
प्रतिकृया दिनुहोस