अर्थतन्त्र
सोमबार सुन र चाँदी कति मूल्यमा हुँदैछ काराेबार ?
- गाउँ सहर संवाददाता
- २४ जेठ सोमबार, २०७८ | ११:१७:०० मा प्रकाशित
काठमाडाैं । सोमबार सुन र चाँदी दुबैको भाउ घटेको छ । गत आइतबार केहि बढेको सुनको भाउ सोमबार तोलामा ३०० रुपैयाँले घटेको छ भने चाँदीको पनि तोलामा ५ रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार ३०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।
अघिल्लो दिन छापावाला सुन प्रतितोला ९४ हजार १०० र तेजाबी सुन प्रतितोला ९३ हजार ६०० रुपैयाँमा खरिद बिक्री भएको थियो ।
यस्तै चाँदी पनि तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३५० रुपैयाँमा खरिद बिक्री भइरहेको छ। अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ३५५ रुपैयाँमा खरिद बिक्री भएको थियो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चित्रमा हेर्नुहाेस् कार्तिक १२ गते (बिहीबार) देखि कार्तिक १४ गते (शनिबार)सम्मकाे माैसम
- खर्चको विवरण सार्वजनिक गर्नुपर्नेमा समितिको जोड
- कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ, चार केन्द्रीय सदस्यको रोकियो
- पोखरामाथि सुदूरपश्चिमको जित
- तीन महिनामै व्यापार घाटा साढे ५ खर्ब नजिक, ३५ प्रतिशतले वृद्धि
- तीन पटक बत्ती जाँदाको एक दृश्य
- एनपीएल खेलमा आज सुदूरपश्चिम र पोखराबीच प्रतिस्पर्धा हुँदै
- मौसम पूर्वानुमान: डरलाग्दाे चक्रवात ‘अर्नब’ कहिले भित्रिदैछ नेपालमा ?
- लेखनाथ जेसिजको जेसिज सप्ताह–२०२६, विभिन्न कार्यक्रम हुँदै
- भारी हिमपातको जोखिम : कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न आग्रह
प्रतिकृया दिनुहोस