जीवनशैली

अमला र अमिल चरी भिटामिन ‘सी’ मात्रै हाेइन औषधीकाे भण्डार पनि हाे

भिटामिन सि खानुपर्छ यसले रोग सँग लड्ने शक्ती दिन्छ । भिटामिन ‘सी’ शरीरले आफैँ उत्पादन गर्न सक्दैन र हरेक दिन रोगसँग लड्नका लागि नयाँ कोषहरू बनाउन भिटामिन ‘सी’ आवश्यक पर्छ ।

अमिल चरी बारीमा नै उम्रन्छ यो दिन दिनै प्रयोग गर्न सकिन्छ, सस्तोमा नै पाइन्छ । विभिन्न बिरुवाको बारेमा जानकारी राख्नेहरूले चरी अमिलोलाई पानीमा उमालेर मुखमा कुल्ला गर्दा मुखको घाउ निको हुने बताउँछन् । युरोपतिर चरी अमिलोलाई सलादमा हालेर पनि खान्छन् । चरी अमिलोमा वाकवाक लाग्न कम गर्ने गुण पाइन्छ ।

डा. अरुणा उप्रेती

गिजाबाट रगत आउने, घाउ–खटिरा भएर पाक्ने, दुख्ने र सुनिने भएमा चरी अमिलोको बोट सफा गरी चपाएर कुल्ला गर्नाले निको हुने बूढापाकाहरू बताउँछन् । यसलाई गाईवस्तुको लागि घाँसको रूपमा अन्य घाँससँग मिसाएर खुवाउने गरिन्छ, जसले गर्दा दूधको उत्पादन धेरै हुन्छ । चरी अमिलो सफा गरी चटनी वा अचार बनाई खाएमा दिसा सफा हन्छ ।अमिल चरीलाई पुदिनाजस्तै पिसेर गोलभेँडाको अचार बनाउन सकिन्छ ।

आयुर्वेदमा अमलालाई एक बहुउपयोगी फलको रुपमा उल्लेख गरिएको छ । यसको प्रयोग औषधि तथा खाद्यवस्तुको रूपमा गरिन्छ । धार्मिक दृष्टिकोणले यो पवित्र फल मानिन्छ । भगवान् विष्णुको मन पर्ने फलमा अमला पर्ने हुनाले विष्णुको पूजामा नैवेद्यको रूपमा पनि हिन्दूहरूले चढाउने गर्छन् ।

आफ्नो आँगनमा रहेको अमलाजस्ता औषधिलाई चिनेर प्रयोग गर्न सके कति राम्रो हुने थियो । प्रकृतिले हामीलाई समस्यासँगसँगै समाधान पनि दिएको छ । रोग र उपचार दुवै कुरा हाम्रा वरिपरि नै छन् ।

यस्ता औषधिको प्रयोग गर्नुको अर्थ आधुनिक ज्ञान र विज्ञानलाई बेवास्ता गर्नु होइन । आधुनिक ज्ञान र विज्ञानले पनि यी वनस्पतिको महत्व मानेको छ । स्वास्थ्य राम्रो राख्न परम्परागत र आधुनिक दुवै ज्ञानलाई प्रयोग गर्न सकिन्छ ।

(डा.  उप्रेती जनस्वास्थ्यविद् हुन् ।)

तपाईँको मत