निषेधाज्ञाले काम गर्याे ? प्रवक्ता पाैडेल भन्छन्ः उच्च जोखिमकै अवस्था
- गाउँ सहर संवाददाता
- २० जेठ बिहीबार, २०७८ | २१:०४:०० मा प्रकाशित

काठमाडाैँ । काठमाडाैँ उपत्यकासहित देशका प्रायः सम्पूर्ण जिल्लामा कोभिड नियन्त्रण गर्न निषेधाज्ञा सुरु भएको एक महिना बितिसकेको छ । तर महामारी "अपेक्षित रूपले नियन्त्रणमा नआएको" स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले बताएका छन् ।
प्रवक्ता पौडेल भन्छन्, "अवस्था सामान्य हुन समय लागिरहेको छ । निषेधाज्ञा र स्वास्थ्य मापदण्डको पालनामा अझै जोड दिनुपर्ने देखिएको छ ।"
परीक्षण गराउन गएकामध्ये ३० प्रतिशतको हाराहारीमा अझै दैनिक सङ्क्रमित भेटिनु "उच्च जोखिमकै अवस्था" रहेको प्रवक्ता पौडेल बताउँछन् ।
कोभिडका कारण दैनिक मृत्यु पुष्टि गरिने सङ्ख्या वैशाख २६ यता १०० नाघेकोमा यसबीचमा दुई दिन मात्र १०० भन्दा कम भएको देखिन्छ ।
यसबैबीचमा गाउँ सहर डट कमले केहि समयअघि निषेधाज्ञापछिकाे अवस्थालाई लिएर तुलनात्मक अध्ययन गरेकाे समाचार प्रकाशन गरेकाे थियाे । त्यसमा संक्रमण र मृत्युकाे संख्या उचाे गतिमा बढेकाे पाइएकाे थियाे ।
निषेधाज्ञाले चेन ब्रेक गर्ने भनिएपनि साे समय समुदायमा फैलिसकेका कारण काठमाडाैँ उपत्यकामै ३ हजार माथि दैनिक संक्रमित थपिएका थिए । अहिले घटेर हजारकाे हाराहारीमा पुगेकाे छ । तर मृतककाे संख्यामा केहिदिन बाहेक सय माथिनै रहेकाे छ ।
निषेधाज्ञा अघिकाे अवस्थाः
निषेधाज्ञा अघिकाे अवस्थामा कुल संक्रमितकाे संख्या ३ लाख १७ हजार ५३० थियाे । ३ हजार २४६ जनाकाे मृत्यु भएकाे थियाे भने ५९ जना क्वारेन्टाइनमा थिए । सक्रिय संक्रमितकाे संख्या ३४ हजार ११७ थियाे । २ लाख ८० हजार १६७ ले स्वास्थ्य लाभ गरेका थिए जसकाे प्रतिशत ८८.२ थियाे । जम्मा परीक्षण २४ लाख ५८ हजार ५६५ जनाकाे भएकाे थियाे । साे दिन मृतककाे संख्या ३५ थियाे । ४ हजार ९२८ जना संक्रमित हुँदा ८८८ जनाले स्वास्थ्य लाभ गरेका थिए ।
निषेधाज्ञा जारी रहँदाकाे अहिलेकाे अवस्थाः
निषेधाज्ञा जारी रहँदाकाे याे अवस्थामा कुल संक्रमितकाे संख्या ५ लाख ७६ हजार ९३६ पुगेकाे छ । ७ हजार ६३० जनाकाे मृत्यु भइसकेकाे छ भने ८३१ जना क्वारेन्टाइनमा छन् । सक्रिय संक्रमितकाे संख्या १ लाख १ हजार ८३९ छ । ४ लाख ६७ हजार ४६७ ले स्वास्थ्य लाभ गरेका छन जसकाे प्रतिशत ८१ छ । जम्मा परीक्षण ३१ लाख ६ हजार ९३८ जनाकाे भएकाे छ । साे दिन मृतककाे संख्या ७५ छ । ६ हजार ८२५ जना संक्रमित हुँदा ५ हजार ९०४ जनाले स्वास्थ्य लाभ गरेका छन् ।
अवस्था के हाे त ?
निषेधाज्ञा जारी हुनु अघिकाे अवस्थामा हामी आउन सकेका छैन । अवस्थामा खासै सुधार देखिएकाे छैन । नयाँ नयाँ भेरिअन्टसँगै जाेखिमकाे अवस्था विद्मान नै देखिएकाे छ । सजगता र सावधानी अपनाउनैपर्ने देखिएकाे छ । अहिले सक्रिय संक्रमणकाे संख्या १ लाख माथि नै छ । सघन र भेन्टिलेटरका विरामीकाे अवस्थामा खासै प्रगति देखिएकाे छैन । गाउँ, गाउँका केन्द्र र सदरमुकाम वा अर्ध्व सहरी क्षेत्रमा संक्रमणकाे गति उचाे देखिएकाे छ । हुन त बढ्दाे काेराेना भेरिअन्ट र द्रूतगतिकाे संक्रमणकाे फैलावटलाई निषेधाज्ञाले मात्र छेक्न सक्दैन । तर निषेधाज्ञासँगै काेराेना खाेपकाे मात्रालाई व्यापक बनाउनुपर्ने र जनतालाई राहत दिनुपर्ने देखिएकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपालले जित्यो एसीसी यू-१६ इस्ट जोन कपको उपाधि
- वीपी राजमार्गमा थप ३० दिन राति गाडी चलाउन नपाइने
- समयमा काम नगर्ने यी ११ निर्माण कम्पनीलाई कालो सूचीमा राख्ने तयारी
- याे साता शेयरबजार निरन्तर उकालाे, नेप्से परिसूचक २७ सय माथि
- मलेसियाविरूद्ध शानदार जितसँगै नेपाल फाइनल प्रवेश
- नेपालमा एमसीसीलाई निरन्तरता दिने अमेरिकी निर्णय, परियोजना सुचारु
- ५२ पदाधिकारीको नियुक्ति सदर, रिट बहुमतले खारेज
- एसियन कप छनोटः साम्बाको ह्याट्रिकमा श्रीलंकामाथि नेपालकाे गाेलकाे वर्षा
- नेप्से परिसूचक बढेर सत्ताइस सय नजिक, आज कमाउनेमा यी कम्पनी अघि
- राष्ट्रिय सभामा मन्त्रीहरूकाे जवाफ (Live)
प्रतिकृया दिनुहोस