मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर नगर्ने जनमोर्चाका सांसद थापा पदमुक्त
- गाउँ सहर संवाददाता
- २० जेठ बिहीबार, २०७८ | १३:४४:०० मा प्रकाशित
काठमाडाैं । राष्ट्रिय जनमोर्चा (राजमो)गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापालाई पार्टीले पदमुक्त गरेको छ । बिहीबार जनमोर्चाको गण्डकी प्रदेश संसदीय दलले उनलाई पदमुक्त गर्न प्रदेशसभा सचिवालयलाई पत्राचार गरेको छ ।
अब थापाको सांसद पद गुमेको छ । सांसद थापाको पद खारेज गर्न पार्टी महासचिव मनोज भट्टले संसद् सचिवालयलाई पत्र पठाएका थिए। संसद् सचिवालयले उनको सांसद पद खारेज गरिएको पत्र दर्ता गरिसकेको छ। पार्टीको ह्विप नै उल्लङ्घन गरेपछि बाध्य भएर उनलाई कारबाही गर्नु परेको जनमोर्चाले बताएको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउँदा जनमोर्चा पनि कांग्रेससँग मिलेको थियो । तर, सांसद थापाले भने आफू कांग्रेससँग मिल्न नसक्ने भन्दै प्रस्तावमा हस्ताक्षर गर्न मानेका थिएनन् ।
नयाँ मुख्यमन्त्री बन्न कांग्रेसको तर्फबाट उम्मेदवार रहेका कृष्णचन्द्र नेपालीको पक्षमा थापा नआएपछि जनमोर्चाले यस अगाडि नै उनलाई पार्टीको केन्द्रीय सदस्यबाट सधैँका लागि र साधारण सदस्यबाट एक वर्षका लागि निष्कासन गरेको थियो ।
विपक्षीको बहुमत नपुगेपछि गुरुङ नै पुनः मुख्यमन्त्री बनेका थिए । तर, उनले एक महिनाभित्रमा विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । सोहीअनुसार समय नजिकै आएको बेलामा गण्डकी प्रदेशसभामा सरकार गठनमा निर्णायक रहेको राष्ट्रिय जनमोर्चा आफैँभित्रको विवादको कारण यहाँसम्मको अवस्थामा आएको हो ।
तीनजना प्रदेशसभा सदस्य रहेको जनमोर्चाका दुई जना सांसद भने गुरुङ सरकारको विपक्षमा रहेका थिए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
- कांग्रेस इतर समूहले १५औँ महाधिवेशनको कार्यतालिका ल्याउन बोलायो बैठक
- अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्दै सरकारद्वारा विपद् व्यवस्थापनमा तीव्रता
- विपद्ले टुटाएको धादिङवेँसीको सडक सम्बन्ध वैकल्पिक मार्गले जोड्यो
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई प्राइम कमर्सियल बैंकको ३ करोड १ लाख रुपैयाँ सहयोग
- बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको द्रुत सेवा पुनरुत्थान र राहत प्रयास
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
प्रतिकृया दिनुहोस