मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर नगर्ने जनमोर्चाका सांसद थापा पदमुक्त
- गाउँ सहर संवाददाता
- २० जेठ बिहीबार, २०७८ | १३:४४:०० मा प्रकाशित

काठमाडाैं । राष्ट्रिय जनमोर्चा (राजमो)गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापालाई पार्टीले पदमुक्त गरेको छ । बिहीबार जनमोर्चाको गण्डकी प्रदेश संसदीय दलले उनलाई पदमुक्त गर्न प्रदेशसभा सचिवालयलाई पत्राचार गरेको छ ।
अब थापाको सांसद पद गुमेको छ । सांसद थापाको पद खारेज गर्न पार्टी महासचिव मनोज भट्टले संसद् सचिवालयलाई पत्र पठाएका थिए। संसद् सचिवालयले उनको सांसद पद खारेज गरिएको पत्र दर्ता गरिसकेको छ। पार्टीको ह्विप नै उल्लङ्घन गरेपछि बाध्य भएर उनलाई कारबाही गर्नु परेको जनमोर्चाले बताएको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउँदा जनमोर्चा पनि कांग्रेससँग मिलेको थियो । तर, सांसद थापाले भने आफू कांग्रेससँग मिल्न नसक्ने भन्दै प्रस्तावमा हस्ताक्षर गर्न मानेका थिएनन् ।
नयाँ मुख्यमन्त्री बन्न कांग्रेसको तर्फबाट उम्मेदवार रहेका कृष्णचन्द्र नेपालीको पक्षमा थापा नआएपछि जनमोर्चाले यस अगाडि नै उनलाई पार्टीको केन्द्रीय सदस्यबाट सधैँका लागि र साधारण सदस्यबाट एक वर्षका लागि निष्कासन गरेको थियो ।
विपक्षीको बहुमत नपुगेपछि गुरुङ नै पुनः मुख्यमन्त्री बनेका थिए । तर, उनले एक महिनाभित्रमा विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । सोहीअनुसार समय नजिकै आएको बेलामा गण्डकी प्रदेशसभामा सरकार गठनमा निर्णायक रहेको राष्ट्रिय जनमोर्चा आफैँभित्रको विवादको कारण यहाँसम्मको अवस्थामा आएको हो ।
तीनजना प्रदेशसभा सदस्य रहेको जनमोर्चाका दुई जना सांसद भने गुरुङ सरकारको विपक्षमा रहेका थिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस