नेप्से दुई प्रतिशतले बढ्याे, लगानीकर्ता उत्साहित
- गाउँ सहर संवाददाता
- १९ जेठ बुधबार, २०७८ | १५:१८:०० मा प्रकाशित
काठमाडाैं । लगातार दुईदिन घटेकाे शेयरबजार बुधबार दुई प्रतिशतले बढेकाे छ । बुधबार नेप्से परिसूचक ५५ दशमलव ७६ अंकले बढेर २ हजार ८ सय २७ दशमलव १२ अंकमा पुगेको छ ।
यसदिन २ करोड २६ लाख १३ हजार २९ कित्ता सेयर ११ अर्ब ३५ करोड १८ लाख १५ हजार ३५६ रुपैयाँमा कारोबार भएको छ । जसमा १७५ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ३१ वटा कम्पनीको सेयर मूल्य घटेको छ । साथै १३ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।
आज १४ कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । आज शेयरमूल्यमा उच्च बृद्धि हुने कम्पनीहरुमा राष्ट्रिय बीमा कम्पनी, सनिमामाई हाइड्रोपावर, मञ्जुश्री फाइनान्स, पोखरा फाइनान्स, समृद्धि फाइनान्स, लुम्बिनी विकास बैंक, जानकी फाइनान्स र गुहेश्वरी मचेन्ट बैंक एण्ड फाइनान्स कम्पनी रहेका छन् ।
त्यसैगरी सबैभन्दा बढी गुमाउने कम्पनीमा राधी विद्युत् कम्पनी, एनबीबीएल डिबेञ्चर २०८५, विशाल बजार कम्पनी, सिटिजन म्यूचुअल फण्ड २ छन् ।
कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार नेपाल रि–इन्स्योरेन्स कम्पनी भएको छ । यस कम्पनीको आज एक अर्ब ३७ करोड ८७ लाख ९० हजार ६२२ रुपैयाँको शेयर कारोबार भएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चित्रमा हेर्नुहाेस् कार्तिक १२ गते (बिहीबार) देखि कार्तिक १४ गते (शनिबार)सम्मकाे माैसम
- खर्चको विवरण सार्वजनिक गर्नुपर्नेमा समितिको जोड
- कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ, चार केन्द्रीय सदस्यको रोकियो
- पोखरामाथि सुदूरपश्चिमको जित
- तीन महिनामै व्यापार घाटा साढे ५ खर्ब नजिक, ३५ प्रतिशतले वृद्धि
- तीन पटक बत्ती जाँदाको एक दृश्य
- एनपीएल खेलमा आज सुदूरपश्चिम र पोखराबीच प्रतिस्पर्धा हुँदै
- मौसम पूर्वानुमान: डरलाग्दाे चक्रवात ‘अर्नब’ कहिले भित्रिदैछ नेपालमा ?
- लेखनाथ जेसिजको जेसिज सप्ताह–२०२६, विभिन्न कार्यक्रम हुँदै
- भारी हिमपातको जोखिम : कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न आग्रह
प्रतिकृया दिनुहोस