चुरे क्षेत्रमा ढुंगा, गिट्टी र बालुवाको निकासी फुकुवा गर्ने हचुवाको निर्णय फिर्ता लिन सरकारसँग माग
- गाउँ सहर संवाददाता
- १८ जेठ मंगलबार, २०७८ | १६:४७:०० मा प्रकाशित

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति सम्शेर राणाले चुरे क्षेत्रमा ढुंगा, गिट्टी र बालुवाको निकासी फुकुवा गर्ने हचुवाको निर्णय फिर्ता लिन सरकारसँग माग गरेका छन् ।
अत्याधिक दोहन रोक्न गरिएको पछिल्लो निर्णयबाट सरकार पछि हटेको अध्यक्ष राणाको भनाइ छ । सरकारको पछिल्लो कदमलाई उनले अविवेकी, अहितकरको संज्ञा दिएका छन् ।
एक्कासी निर्णय बदल्नुको कारण सरकारले स्थापित गर्न नसकेको राणाको आरोप छ ।
कुनै ठोस योजना बिना गरिएको निर्णयले चुरेभावर, तराई क्षेत्रमा प्राकृतिक सम्पदाको दोहन निश्चित भएको भन्दै राणाले चिन्ता व्यक्त गरेका छन् ।
मंगलबार ट्वीट गर्दै उनले भने, ‘अत्याधिक दोहन रोक्न गरिएको निर्णय किन बदल्न पर्यो सरकार नाजवाफ छ । अविवेकी, अहितकर निर्णय फिर्ता लिइयोस् ।’
राणाले भने, ‘सरकारले खानीजन्य ढुंगा, गिट्टी, बालुवाको निकासी एक्कासी फुकुवा गरेको छ । ठोस योजना बिना, हचुवाको निर्णयले चुरेभावर, तराई क्षेत्रमा प्राकृतिक सम्पदाको दोहन हुने निश्चित देखिन्छ ।’

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
प्रतिकृया दिनुहोस