टिकटक बनाउने क्रममा उदयपुरमा एघार वर्षीया बालिकाकाे मृत्यु, मोवाईलमा भेटियाे बाईबाई गरेको भिडियो
- गाउँ सहर संवाददाता
- १४ जेठ शुक्रबार, २०७८ | ०८:४५:०० मा प्रकाशित
उदयपुर । उदयपुरकी ११ वर्षीया एक बालिकाले टिकटक मोहमा ज्यान गुमाएकी छन् । जिल्लाको चौदण्डीगढी नगरपालिका वडानम्बर ९ का जीतबहादुर बस्नेतको छोरी संजीता बस्नेतले टिकटक बनाउन खोज्दा मुढाबाट चिप्लीएर ज्यान गुमाएकी हुन् ।
घटना भएको दिन बुधबार साँझ आमा र बुवा भान्सा कोठामा खाना खाँदै थिए । त्यही बेला अर्को कोठामा ढोका लगाएर बसेकी संजीता टिकटक बनाउन मुढामाथि मुढा राखेर फ्यानमा सलको पासो लगाएर अभिनय गर्दै गर्दा मुढा चिप्लीएर घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता बेदप्रसाद गौतमका अनुसार बालिका झुण्डीएको फ्यानमुनी दुई/तीन वटा मुढा लडेका छन् ।
मोबाइल भने घरको दलिनमा राखिएको अवस्थामा फेला परेको छ । ब्यूटीप्लस एप्सबाट भिडियो रेकर्ड अन गरेर आफूले बाईबाई गरेको भिडियो मोवाईलमा भेटिएको छ । भिडियोमा ती बालिकाले दुई चुल्ठी कपाल बाटेर बाईबाई गर्दै गरेको दृष्य देखिएको छ । तर, मोवाईलमा भेटिएको त्यो भिडियो घटनाकै दिनको हो या अन्य दिन रेकर्ड भएको बारे फोरेन्सीक रिपोर्टपछि मात्र पत्ता लाग्ने उदयपुर प्रहरी प्रमुख एसपी भीमबहादुर दाहालको भनाई छ ।
एसपी दाहालका अनुसार बालिका आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेकी हुन् । घटनाको समय भित्रबाट चुकुल लगाइएको थियो । मोवाईलमा भेटिएको भिडियो फुटेज फोरेन्सीक रिपोर्ट आएपछि थप अनुसन्धान टुंगीने प्रहरीले जनाएको छ । कक्षा ४ मा पढ्दै गरेकी मृतक सञ्जीताको घरमा एक दिदी र एक बहिनी छन् । मृतक संजीताको बाबु जीतबहादुरको स्थायी घर खोटाङको बराहपोखरी गाउँपालिकास्थित सिन्ताङ भएपनि केही वर्षयता उनको परिवार उदयपुरको हडियो बस्दै आएको थियो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस