गाउँ सहर

काठमाडौँ उपत्यकामा आजदेखि निषेधाज्ञामा थप कडाइ, अत्यावश्यकबाहेकका गतिविधिमा रोक

के पाउने, के नपाउने ? हेर्नुहाेस्

काठमाडौँ । कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि काठमाडौँ उपत्यकामा आजदेखि निषेधाज्ञामा थप कडाइ गर्दै एक साता लम्ब्याइएको छ ।

यही जेठ २० गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको हो ।

उपत्यकामा वैशाख १६ गतेदेखि उक्त आदेश जारी गरी अत्यावश्यकबाहेकका गतिविधिमा रोक लगाइएको थियो ।

उपत्यकाका तीन जिल्ला (काठमाडाैँ, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीसहितको मङ्गलबारको बैठकले आजदेखि लागू हुनेगरी एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको थियो ।

यसपटक भने किराना पसल, खाद्यान्न तथा डिपार्टमेन्ट स्टोर्स पनि बन्द गरिएको छ । बिहान–बेलुकाको घुमघाम (मर्निङ र इभिनिङ वाक) मा समेत रोक लगाइएको छ ।

गाउँ सहर संवाददाता