गाउँ सहर

महामारी नियन्त्रणमा अन्तर्राष्ट्रिय सहकार्य नै सबैभन्दा ठूलो औजार : अध्यक्ष तिमिल्सिना

काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले महामारी नियन्त्रणमा अन्तर्राष्ट्रिय सहकार्य नै सबैभन्दा ठूलो औजार भएको बताएका छन् । चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्रष्ट्रिय विभागले आयोजना गरेको भर्चअल बैठकमा बोल्दै अध्यक्ष तिमिल्सिनाले मानव जीवनको रक्षाका लागि आपसी सहयोग र अनुभव आदानप्रदान महत्वपूर्ण हुने बताएका हुन् । आपसी सहयोग र अनुभव आदानप्रदानबाट यसलाई पराजित गर्नुपर्नेमा उनले जोड दिएका छन् ।

नेपालमा क्रियाशील मुख्य राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि सहभागी गराएर महत्वपूर्ण कार्यक्रम आयोजनाका गरेकोमा चिनियाँ कम्युनिष्ट पार्टीलाई धन्यवाद व्यक्त गर्दै कोभिड–१९ जस्तो महामारी परास्त गर्न महामारी विरुद्धको लडाईंमा महामहिम राष्ट्रपति सी चीनफिङको सवल नेतृत्वमा चीनले अग्रणी भूमिका निर्वाह गरिरहेको उनले बताए ।

अध्यक्ष तिमिल्सिनाले नेपालमा पहिलो वेभका बेला तुलनात्मकरुपमा कम क्षति भएपनि दोस्रो वेभको संक्रमण र मृत्युदर नियन्त्रणका लागि अस्पतालको सैया, अक्सिजन, आइसीयु, भेन्टिलेटर, व्यक्तिगत स्वाथ्य सुरक्षा सामग्री पीपीई, जीवनवर्द्धक औषधी र खोपको व्यवस्थापनका लागि मित्र राष्ट्र चीनबाट भएको सहयोगका लागि धन्यवाद व्यक्त गरे ।

अध्यक्ष तिमिल्सिनाले महामारीको अवस्थामा मानव जीवनको रक्षा नै सबैको पहिलो प्राथमिकता हुनुपर्ने सो क्रममा बताए ।

कार्यक्रममा नेपालबाट एमालेका महासचिव तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस नेता डा. नारायण खड्कालगायत विभिन्न दलका प्रमुख तथा प्रतिनिधिको सहभागीता रहेको थियो ।

त्यसैगरी चीनको तर्फबाट विदेश विभागका मन्त्री सोङ ताव र उपमन्त्री चेन झोउ लगायतको प्रतिनिधिमण्डल सहभागी भएकाे थियाे ।

महामारीको समयमा राज्यले खेल्नुपर्ने भूमिका, संक्रमण दर तीब्र भएको कोरोना जस्तो भाइरसको फैलावट रोक्ने विधि ‘लकडाउन’देखि कोभिड प्रतिरोधि खोपको विकासमा चिनियाँ मोडल विश्वव्यापी भएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत