काेराेना संक्रमण र मृतककाे संख्या घटेकाे छैन, सावधानी प्रत्येक सेकेण्डमा अनिवार्य छ
- गाउँ सहर संवाददाता
- १२ जेठ बुधबार, २०७८ | १२:११:०० मा प्रकाशित

काठमाडौँ । कोरोना कहर जति लम्बिँदै छ उति यसको जोखिमपनि बढ्दै गएको छ । जनजीविका ध्वस्त भइसके । संक्रमण सबै घरमा पुगिसक्यो अनि आँशु रोकिएको छैन परिवारको र हामी प्रत्येक पल्समा कोरोनासँग लडिरहेका छौँ । पीडा पूगेको परिवारमा थप बज्रपात हुन पुगेका छन् । रोगको कहरले भोकको संख्यामा ह्वात्तै बढोत्तरी आएको छ । रैपनि जीवन चलाउनै परेको छ र कहरमा कनीकनी जीवन घिसार्नुपरेको छ ।
प्रत्येक परिवार अहिले अस्पतालकाे ढाेकामा कुनै रूपमा पुगेकाे अवस्था छ । अन्य राेगले पनि गुज्रिरहेकाहरूकाे प्राण भटाभट गइरहेकाे छ । संक्रमणकाे गति उचाे दरमा छरिएकाे छ भने मृतककाे संख्यापनि दैनिक बढ्दाे छ । राेग प्रतिराेधात्मक क्षमता भएकाले काेराेना सजिलै जितेका पनि छन् । समस्या राेगीकाे हाे र समस्या हेलचेक्राइँ गर्नेमा देखिएकाे छ । यसमा कहरका राेगीकाे अवस्था दर्दनाक बन्दै गएकाे छ ।
अस्पतालीय सेवा निजीमा थामिनसक्नु छ । उपकरणको आवश्यकता पर्ने तर गरिबको लागि अत्यन्तै गाह्रो परिवेश छ । जताततै कोरोना संक्रमणबीच उपचार खोज्न, पाउनु र उपचारपश्चात निस्कनु अत्यन्तै कठिन र असम्भवजस्तै बनेको छ । कोरोनाले सिकाएको शिक्षा हामीले पूर्णतः पालना गर्न नसकिरहेको अवस्था छ । भीड व्यवस्थापन सबै क्षेत्रको चुनौति थियो र अहिलेपनि उस्तै छ । निषेधको अवस्था अन्त्य गर्न सक्ने अवस्थापनि छैन र नसकिएला पनि ।
कोरोना प्रभाव सबैमा छ र यसको अन्त्य कहिले हुने कसैको अनुमानभन्दा बाहिर छ । यसकारण प्रत्येक सेकेण्डमा होशियारी र सावधानी राख्नु जरूरी छ । सामान्य हेलचेक्राइँले पनि विषम अवस्थाको शिकार हुनुपर्ने कुरालाई मनन गर्न सकियो भनेमात्र हजार संक्रमित थपिँदैनन र सयौँलाइ बचाउन सकिन्छ । मैले कोरोना सार्नु हुँदैन, म सजग रहनुपर्छ भन्ने सेकेण्डसेकेण्डमै अनुभूत गर्न सके संक्रमणको दायरामा आफैँ कमी हुन्छ र हाम्रो बाटोपनि यहि बन्नुपर्छ ।
काेराेना फैल्याउन उद्धत सरकारलाई पनि कारवाही गरिनुपर्छ र तत्काल उसका साेसम्बन्धित गतिविधि राेक्नुपर्छ । नत्र सरकार सत्ताकाे मातले बहुलाइरहने अनि दलविशेष विराेध गरिरहँदा काेराेना घट्दैन, झनै भयावह अवस्थाकाे सामना गर्नुपर्ने हुनसक्छ । सबैले सबैठाउँ मादण्डमा रहेमात्र काेराेना जित्न सकिन्छ । यता खाेपकाे मात्रा सरकारले ल्याउन सकेकाे छैन, याे अर्काे चुकेकाे पाटाे हाे । खाेपकाे संख्या बढाउन सकेमात्र काेराेना संक्रमणलाई ढिलाई गर्न सकिन्थ्याे । यसमा सरकारी पाटाे एकदमै कमजाेर देखिएकाे छ । केवल खाेप र मापदण्डले मात्र काेराेना जित्ने स्पष्ट हुँदाहुँदै पनि हाम्राे यात्रा साेतर्फ अझै माेडिन नसक्नु दुर्भाग्य भएकाे छ ।
कोरोनासँग लड्ने क्षमता विकास गरौँ । सीमामा कडाई गरौँ । औषाधि, उपकरणमा ध्यान दिउँ, संख्या बढाउँ । कालाेबजारी राेकाैँ । फजूल खर्च घटाउँ, सुविधा कटाैति गराैँ । महामारी काेषमा रकम जाेहाे गराैँ । चेकजाँच बढाउँ, जनतालाई सुविधाबाट बञ्चित नगरौँ । खान नपाउनेलाई खान दिउँ । गूमेकाे राेजगारी भर्न लागाैँ र मात्र कोरोनालाई हराउन नसकेपन भिड्नसक्ने बनाउँछ ।
यस्ताे विषम अवस्थामा काेराेना जित्ने याेजना अपरिहार्य छ । टुक्का र विभिन्न वेदले काेराेना जितिन्न । यसकाे लागि त अस्पताल र उपकरण अनि दक्ष मानव शक्तिकै आवश्यकता छ । याे महामारीमा सबैकुरा छाडाैँ र जन अनि धन बचाउने प्रयास गराैँ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कुरा सुन्ने हो भने अत्यन्तै भयावह अवस्था त अब आउनै बाँकी छ अरे । कोरोनाबाट संक्रमित हुनेको संख्या, निकाे हुनेकाे संख्या र दैनिक मृतकको संख्या हेर्दा र विभन्न घाटको अवस्था हेर्दा कहालीलाग्दो भइसकेको छ । तर सरकार अहिलेपनि राजनीतिक खिचातानीमै व्यस्त छ, दैनिक पत्रकार सम्मेलन गरेर टुक्का फाल्न मै व्यस्त छ । नेताजति भीड गराउनमै मस्छ छन् । तिमीलाई सकिएन सरकार । सबै नसुध्रिए काेराेना जित्न सकिन्न, सबैमा बुद्धि पलाओस् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- मरिचका बिरुवा बेचेर मनग्य आम्दानी
- राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
- नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत
- नयाँ प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभा विघटन, फागुन २१ गते बिहीबार निर्वाचन
- भायानेटले इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्कायाे, भन्याे- ग्राहकहरूले देखाएको धैर्य, बुझाइ, र विश्वासका लागि धन्यवाद
- जेन्जी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको दाहसंस्कार गरियाे
- जेन जी आन्दोलनमा देशभर ५१ जनाको मृत्यु पुष्टी
- जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्याे
प्रतिकृया दिनुहोस