पूर्वसभामुखहरुकाे निचाेड : प्रतिनिधिसभा विघटन गर्नु अलोकतान्त्रिक कदम
- गाउँ सहर संवाददाता
- ११ जेठ मंगलबार, २०७८ | १५:५२:०० मा प्रकाशित

काठमाडौं । प्रतिनिधिसभा विघटनबारे सभामुख अग्निप्रसाद सापकोटाले पूर्वसभामुखहरुसँग छलफल गरेका छन् ।
सरकारले दोश्रो पटक प्रतिनिधिसभा भंग गरेर मध्यावधि निर्वाचन घोषणा गरेपछि सभामुख सापकोटाले मंगलबार संसद भवन बानेश्वरमा पूर्व सभामुखहरूसँग परामर्श लिएका हुन् ।
छलफलमा पूर्वसभामुखहरु रामचन्द्र पौडेल, तारानाथ रानाभाट, ओनसरी घर्ती र कृष्णबहादुर महरा सहभागी भएका छन् । दुई जना पूर्वसभामुखहरु दमननाथ ढुंगाना र सुवास नेम्वाङले भने सभामुखको निम्तोलाई अस्वीकार गरेका छन् ।
प्रतिनिधिसभा विघटनबारे अन्य पूर्वसभामुखहरूले असंवैधानिक भनेर आलोचना गरिरहेका बेला नेम्वाङ भने बोलेका छैनन् । प्रधानमन्त्री केपी शर्मा ओलीका निकट रहेका नेम्वाङ पुस ५ गतेको विघटनमा पनि मौन रहेका थिए ।
छलफलका क्रममा उनीहरुले सर्वोच्च अदालतको आदेशको अवमूल्यन गर्दै दोश्रो पटक प्रतिनिधिसभा विघटन गर्नु अलोकतान्त्रिक कदम भएको बताएका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस