अर्थतन्त्र

मंललबार नेप्से परिसूचक सामान्य अंकले गिरावट, काराेबार एघार अर्ब बढि

काठमाडौं । साेमबार नेप्से परिसूचक सामान्य अंकले घटेकाे छ । 

आज नेप्से परिसूचक ६.४७ अंकले घटेर २८१६.६० अंकमा झरेको छ ।

नेप्सेका अनुसार आज ११ अर्ब १३ करोड ३३ लाख बराबरको कारोबार भएको छ भने कारोबार भएका समूहमध्ये ७ समूह बाहेक अन्य समूह बढेका छन् ।

यो दिन २ करोड ३४ लाख ६५ हजार ६७५ कित्ता सेयर ११ अर्ब १३ करोड ३३ लाख ९९ हजार १०८ रुपैयाँमा कारोबार भएको छ ।

यो दिन १०२ वटा कम्पनीको सेयर मूल्य बढ्दा १०७ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने १० वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

उपसमूहतर्फ जलविद्युत्, निर्जीवन बीमा कम्पनी, जीवन बीमा कम्पनीतर्फ वृद्धि देखिएको छ भने बैंकिङ, डेभलपमेन्ट बैंक, लगानी समूहतर्फ गिरावट देखिएको छ ।

यो दिन सबैभन्दा बढी कमाउने कम्पनीमा बरुण हाइड्रोपावर, माउण्टेन हाइड्रो नेपाल, युनिर्भसल पावर कम्पनी, घलेम्दी हाइड्रोपावर, दिव्यश्वरी हाइड्रोपावर, साधना लघुवित्त छन् ।

त्यसैगरी सबैभन्दा बढी गुमाउने कम्पनीमा मल्टिप्रपोज फाइनान्स कम्पनी, मितेरी डेभलपमेन्ट बैंक, नेपाल फाइनान्स, सांग्रिला डेभलपमेन्ट बैंक, सेञ्चुरी बैंक र साइन रेसुङ्गा डेभलपमेन्ट बैंक छन् ।

गाउँ सहर संवाददाता