आइतबार १७७ जना आरोहीले सगरमाथाको आरोहण गरे
- गाउँ सहर संवाददाता
- १० जेठ सोमबार, २०७८ | १४:१७:०० मा प्रकाशित

काठमाडौं । आइतबार १७७ जना आरोहीले सगरमाथाको आरोहण एकै दिन गरेका छन् । आधार शिविरमा रहेका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठ अनुसार आरोहीहरुले मौसममा खरावीका कारण एकै पटक चुचुरो पुग्ने लक्ष राखेपछि एकै दिन धेरै संख्यामा आरोहण भएको हाे ।
१० दिन अघि बहराइनका राजकुमार शेख मोहम्मद हमाल अलिफासहितको टोलीले आरोहण सम्पन्न गरेको थियो भने बाँकी आरोहण जेठ १५ मा मात्र गर्ने लक्ष्य राखेको उनले जानकारी दिए ।
सोमबारदेखि हिमपात हुने बढी हावा चल्ने मौसम भएकाले फेरि एक साता आरोहण स्थगित गरेर जेठ १५ मा मात्र आरोहण गर्ने तयारी थालेको एजेन्सीहरुले जनाएका छन् ।
यस वर्ष ४४ आरोहण दलबाट ४०८ जना आरोहीले सगरमाथा आरोहण अनुमति लिएर तयारी अवस्थामा आधार शिविरमा बसेका छन् । पर्यटन विभागका अनुसार सगरमाथा आरोहण गर्ने यो आरोहीको सङ्ख्या हालसम्मकै उच्च भएको बताइएको छ ।
आरोहीमध्ये ३१५ पुरुष, ९२ जना महिला र एक जना तेस्रो लिङ्गी आरोही छन् । सगरमाथाबाट मात्र यो सिजनमा ४९ करोड ६१ लाख ३१ हजार ७८७ रुपियाँ राजस्व सङ्कलन भएको विभागको तथ्याङ्क छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आज संविधान दिवस, विभिन्न कार्यक्रसहित मनाइँदै
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
प्रतिकृया दिनुहोस