काेराेनाभाइरसका कारण थप १२९* जनाकाे मृत्यु, ८ हजार ८४८ ले गरे स्वास्थ्य लाभ
- गाउँ सहर संवाददाता
- ८ जेठ शनिबार, २०७८ | १७:१७:०० मा प्रकाशित

काठमाडाैँ । नेपालमा काेराेनाभाइरसका कारण थप १२९* जनाले ज्यान गुमाएका छन् । योसहित कुल मृतकको संख्या ६ हजार १५३ पुगेको छ ।
यो मृत्यु* नेपाली सेनाद्वारा विभिन्न मितिमा शव व्यवस्थापन गरेका समेत हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा दुबै विधिबाट २० हजार १०५ को परीक्षण गरिएकोमा ८ हजार ९८० नयाँ संक्रमित थपिएका छन् । योसहित कुल संक्रमितको संख्या ५ लाख ५ हजार ६४३ पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ८४८ जना निको भएका छन् । योसहित कुल निको हुनेको संख्या ३ लाख ८३ हजार ८६४ पुगेको छ । निको हुने दर ७५.८ प्रतिशत रहेको छ । अहिले देशका क्वारेन्टाइनमा रहनेको संख्या ८८६ रहेको छ ।
मन्त्रालयका अनुसार अहिले देशभरमा १ लाख १५ हजार ८०६ सक्रिय संक्रमित रहेका छन् ।
मन्त्रालयका अनुसार देशभरका अस्पतालहरुमा १ हजार ७३२ को आइसियूमा र ५२३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । उसका अनुसार अहिले होम आइसोलेशनमा रहनेको संख्या १ लाख ८ हजार १०३ र संस्थागत आइसोलेशनमा रहनेको संख्या ७ हजार ७०३ छ ।
पछिल्लो समय कोरोना कहर बढ्दै जाँदा कोरोनाको चेन ब्रेक गर्न धेरै स्थानहरुमा निषेधाज्ञा जारी गरिएको छ ।
पछिल्लो २४ घण्टाको तथ्याँकले पनि २० वर्षदेखि २९, ३० देखि ३९ वर्ष, ४० देखि ४९ र ५० देखि ५९ वर्ष समूहमा सबैभन्दा बढी संक्रमण देखिएको छ ।
देशभर आजसम्म २८ लाख ९७ हजार ५०३ को पिसिआर परीक्षण भइसकेको मन्त्रालयले बताएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ३४ अंकले बढेकाे नेप्से परिसूचकमा यी कम्पनीले कमाए
- यस्ता छन् सङ्घीय संसद्को दुवै सदनको बैठककाे कार्यसूची ?
- घुस काण्डमा मुछिएका मन्त्री गुप्तालाई बर्खास्त गर्न गगन थापाकाे माग
- काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोड ४३ लाख रुपैयाँको बजेट
- आज आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- एनपीएलको अक्सनका लागि खेलाडी दर्ता खुला
- यस्ताे आयाे आगामी आर्थिक वर्ष २०८२/८३ काे माैद्रिक नीति (पूर्णपाठ)
- विवाह गरेर ३० वर्षभित्र तीन सन्तान पाइसक्न प्रधानमन्त्रीको आग्रह
- आज विश्व जनसङ्ख्या दिवस
- आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै
प्रतिकृया दिनुहोस