पत्रकार पौडेलको स्मृतिमा महासंघको श्रद्धाञ्जलीसभा
- गाउँ सहर संवाददाता
- ७ जेठ शुक्रबार, २०७८ | २१:४८:०० मा प्रकाशित

पोखरा । पोखरास्थित गण्डकी टेलिभिजनमा कार्यरत पत्रकार गणेश पौडेलको स्मृतिमा शुक्रबार नेपाल पत्रकार महासंघ कास्कीले श्रद्धाञ्जलीसभा आयोजना गरेकाे छ ।
महासंघका अध्यक्ष विमला भण्डारीको नेतृत्वको टोली पौडेलकै निवास पोखरा ३३ बागमारामा पुगेर श्रद्धाञ्जलीसभा आयोजना गरेको हो ।
उक्त अवसरमा महासंघकी अध्यक्ष भण्डारीले पौडेल कर्मठ, निडर पत्रकार भएको स्मरण गरिन् । उनले पौडेलको निधनले पत्रकार महासंघ र पत्रकारिता जगतलाई नै अपूरणीय क्षति पुर्याएको बताइन् ।
उक्त अवसरमा महासंघका पदाधिकारी, कार्यसमिति सदस्यका साथै अन्य पत्रकारहरु पनि सहभागी थिए ।
पत्रकार पौडेलको वैशाख २९ गते बिहीबार कारोना संक्रमणका कारण निधन भएको थियो । स्वर्गीय पौडेलका श्रीमती र दुई छोरा छन् । पौडेल विगत डेढ दशकदेखि पत्रकारितामा सक्रिय थिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- मरिचका बिरुवा बेचेर मनग्य आम्दानी
- राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
- नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत
- नयाँ प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभा विघटन, फागुन २१ गते बिहीबार निर्वाचन
- भायानेटले इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्कायाे, भन्याे- ग्राहकहरूले देखाएको धैर्य, बुझाइ, र विश्वासका लागि धन्यवाद
- जेन्जी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको दाहसंस्कार गरियाे
- जेन जी आन्दोलनमा देशभर ५१ जनाको मृत्यु पुष्टी
- जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्याे
प्रतिकृया दिनुहोस