सत्ताकाे कुर्सीमा जाने अन्तिम कसरतमा दलहरू, कसले मार्ला बाजी ?
- गाउँ सहर संवाददाता
- ३० बैशाख बिहीबार, २०७८ | १३:३०:०० मा प्रकाशित

काठमाडौं । नयाँ सरकार बनाउन दिएकाे समय छाेट्टिदै गर्दा राजनीतिक दलहरूमा भेटघाट र फकाउने मनाउने काम तीब्र चलिरहेकाे छ । आ-आफ्ना प्रयासहरू जारी छ ।
यसै क्रममा नेकपा (एमाले)ले वरिष्ठ नेता माधवकुमार नेपालसहित चार जना नेतामाथि गरिएको कारबाही फुकुवा गर्ने निर्णय गरेको छ । अध्यक्ष केपी शर्मा ओली सत्ताराेहणकाे अन्तिम समयमा बालुवाटारमा बसेको एमालेकाे स्थायी कमिटीको बैठकले वरिष्ठ नेता माधवकुमार नेपाल, नेताहरु सुरेन्द्र पाण्डे, भीम रावल र घनश्याम भुसाललाई गरिएको कारबाही फुकुवा गर्ने निर्णय गरेको हाे ।
तर माधव नेपाल पक्षले कारबाही फिर्ता सकारात्मक भएपनि एमालेलाई २ जेठ २०७५ कै संरचना र अवस्थामा पुर्याउन, गत फागुन २३ पछि बसेका बैठकले गरेका सबै निर्णय फिर्ता लिन माग गर्दै आएको छ । नेपाल पक्षका स्थायी कमिटी सदस्य भीम रावलले आफूहरुको माग पूरा गर्न दिउँसो चार बजेसम्मको समय दिएको र त्यो पूरा नभए राजीनामा हुने निर्णय गरेको बताए ।
ओलीको प्रस्तावपछि नेता नेपालसँग भेटवार्ता पनि तय भएको छ । एमालेमा देखापरेको समस्या सुल्झाउन र विभाजनउन्मुख बनेको पार्टीलाई एकताबद्ध बनाउन दुई नेताबीच यसबीचमा पटक पटक टेलिफोन संवाद भएको समाचार छ ।
नेपाल पक्ष ओलीइतरको सरकार बनाउन गठनबन्धनलाई सहयोग गर्ने नीतिमा छ। यसका लागि आफ्नो पक्षका निर्वाचित सांसदलाई राजीनामा गराउनेसम्मको नेपाल पक्षको तयारी छ ।
यसैलाई रोक्ने रणनीतिस्वरुप ओलीले स्थायी कमिटी बैठकबाट कारबाही फुकुवाको निर्णय गराएका हुन् । राजीनामा रोक्न ओलीले बिहीबार नै अर्थमन्त्री एवं एमाले स्थायी कमिटी सदस्य विष्णु पौडेललाई नेपालनिवास कोटेश्वर पठाएका थिए । राष्ट्रपतिले बहुमतको सरकार गठनका लागि दाबी गर्न दिएको समयसीमा आज सकिँदैछ। विपक्षी गठबन्धनले बहुमत पुर्याउन नसके पुन: ओली नै प्रधानमन्त्री हुनेछन् ।
यसअघि एमालेभित्र सहमति जुट्न नसक्दा २७ वैशाखमा नेपाल समूहका सांसदहरुले ओलीलाई विश्वासको मत दिएका थिएनन् । ओलीले विश्वासको मत नपाएपछि आज राति नौ बजेसम्म संयुक्त सरकारका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरुसँग आह्वान गरेकी छन् ।
उता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसँग आफ्नै निवासमा भएको भेटपछि देउवाले कांग्रेस पदाधिकारी बैठक बोलाएका हुन् । बैठक दिउँसो ४ बजे देउवानिवास बूढानीलकण्ठमा बस्नेछ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
प्रतिकृया दिनुहोस