राजनीति

माओवादी केन्द्रले पार्टीको स्थायी कमिटि बैठक बोलायाे

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीको स्थायी कमिटि बैठक बोलाएको छ ।

मंलगलबार अपरान्ह तीन बजे पार्टी कार्यालय पेरिशडाँडामा स्थायी कमिटि बैठक बोलाइएको हो ।

पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक बस्न लागेको एक माओवादी नेताले बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत लिने निर्णय लिएपछि दलहरु छलफलमा छन् ।

गाउँ सहर संवाददाता