गाउँ सहर
आन्तरिक उडान बन्द गर्न सरकारलाई सिफारिस
- गाउँ सहर संवाददाता
- १८ बैशाख शनिबार, २०७८ | १२:५२:०० मा प्रकाशित

काठमाडौँ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) ले आन्तरिक उडान बन्द गर्न सरकारलाई सिफारिस गरेको छ ।
कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढ्दै गएकाले जोखिम कम गर्नका लागि आन्तरिक उडान बन्द गरिनु पर्ने सुझावसहितको सिफारिस सिसिएमसीले गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले जानकारी दिएका छन् ।
सिसिएमसीको शुक्रबारको बैठकले सो सिफारिस गरेको हो । मन्त्रीपरिषदमा सो सिफारिसमाथि छलफल हुने मन्त्री ढकालले जानकारी दिएका छन् । मन्त्रीपरिषदको बैठक आइतबार बस्ने सम्भावना छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस