यस्ता छन् काेभिड संक्रमण बढ्न थालेपछि सिसिएमसीकाे १३ सिफारिस
- गाउँ सहर संवाददाता
- २५ पौष आइतबार, २०७८ | २१:०४:०० मा प्रकाशित

काठमाडौं । कोभिड १९ व्यवस्थापन समिति (सीसीएमसीसी)को बैठकले कोरोना नियन्त्रणका लागि आइतबार विभिन्न १३ वटा सिफारिस गरेको छ ।
आइतबार बसेको समन्वय केन्द्रको बैठकले सार्वजनिक स्थलमा २५ जनाभन्दा धेरै जम्मा हुन नदिन पनि गृह मन्त्रालयलाई सिफारिस गरेको छ । यसैगरी माघ १५ गतेसम्म शैक्षिक संस्थाहरू बन्द गर्न पनि सिफारिस गरिएको छ ।
कोरोना महामारी तीव्र रुपमा फैलिदै गएपछि सीसीएमसीसीले स्वास्थ्य मन्त्रालयलाई छिटो औषधि खरिद गर्न सिफारिस गरेको छ । बैठकले गरेको सिफारिसको पहिलो बुँदामा औषधि खरिदलाई प्राथमिकता दिएको हो ।
सार्वजनिक स्थलमा माघ ७ गतेदेखि कोभिड कार्ड अनिवार्य गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको छ ।
सँगै देशभरका आधारभूत र माद्यामिक विद्यालय माघ १५ गतेसम्म बिदा दिन शिक्षा मन्त्रालयलाई सिफारिस गरेको छ । सीसीएमसीसीले विद्यालय बन्द गर्ने सिफारिस गरे पनि यसको निर्णय नेपाल सरकारले गर्नेछ । सीसीएमसीसीको पत्र प्राप्त भएपछि विद्यालय कहिलेदेखि बन्द गर्ने भन्ने निर्णय सरकारले गर्ने शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माको भनाइ छ ।
उक्त निर्णय मन्त्रिपरिषदमा पेस हुनेछ। मन्त्रिपरिषदले निर्णय गरेपछि उक्त निर्णय कार्यान्वयनमा आउने छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आज संविधान दिवस, विभिन्न कार्यक्रसहित मनाइँदै
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
प्रतिकृया दिनुहोस