स्वास्थ्य

कोरोनाबाट मृतकको संख्या दैनिक उचो, पछिल्लो २४ घण्टामा ३३ जनाले ज्यान गुमाए

काठमाडौँ । कोरोनाभाइरसका कारण नेपालमा पछिल्लो २४ घण्टामा ३३ को मृत्यु भएको छ । योसहित कुल मृतकको संख्या ३ हजार २७९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पिसिआर जाँचबाट ५ हजार ६५७ नयाँ संक्रमित थपिएका छन् । योसहित कुल संक्रमितको संख्या ३ लाख २३ हजार १८७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ९२८ जना निको भएका छन् । योसहित कुल निको हुनेको संख्या २ लाख ८१ हजार ०९७ पुगेको छ ।

मन्त्रालयका अनुसार अहिले देशभरमा ३८ हजार ८१३ सक्रिय संक्रमित रहेका छन् । आज ५५ जना क्वारेन्टाइनमा रहेको उसले बताएको छ ।

पछिल्लो समय कोरोना कहर बढ्दै जाँदा कोरोनाको चेन ब्रेक गर्न काठमाडौँलगायत १० सहरमा  निषेधाज्ञा जारी गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे सन्देश र सूचना

गाउँ सहर संवाददाता