काेराेनाबाट ५ काे मृत्यु, २ हजार ४२८ नयाँ संक्रमित थपिए, २५२ ले गरे स्वास्थ्य लाभ
- गाउँ सहर संवाददाता
- ९ बैशाख बिहीबार, २०७८ | १७:२९:०० मा प्रकाशित

काठमाडाैँ । नेपालमा पछिल्लाे समय चाैबल काेराेना संक्रमण थपिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएकाे छ ।
संक्रमितमध्ये बालबालिकाकाे संख्या बढ्दै गएकाे समेत उसले बताएकाे छ ।
पछिल्लाे २४ घण्टामा काेराेनाका कारण ५ काे मृत्यु भएकाे छ । याेसहित कुल मृतककाे संख्या ३ हजार ११७ पुगेकाे छ । २ हजार ४२८ नयाँ संक्रमित थपिएका छन् । याेसहित कुल संक्रमितकाे संख्या २ लाख ९२ हजार १५२ पुगेकाे छ । मन्त्रालयका अनुसार स्वास्थ्य लाभ गर्ने २५२ छन् । याेसहित कुल स्वास्थ्य लाभ गर्नेकाे संख्या २ लाख ७६ हजार ३४५ पुगेकाे छ ।
मन्त्रालयका अनुसार पछिल्लाे २४ घण्टामा १० हजार ४४८ काे परीक्षण गरिएकाे छ । जसमा पिसिआरबाट १० हजार १ र एन्टिजेन विधिबाट ४४७ छन् ।
नेपालमा कोरोना संक्रमित गम्भीर विरामीको संख्या ह्वात्तै बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिले १७० जनाको आइसियूमा, ५९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
देशमा १ हजार १८० आइसियू र ५१२ भेन्टिलेटर मात्र छन् । देशमा अहिले कुल सक्रिय संक्रमितको संख्या १० हजार ५८२ रहेको छ ।
मन्त्रालयका अनुसार अहिले देशभरका संस्थागत आइसोलेशनमा १२ हजार ६९० र क्वारेन्टाइनमा रहनेकाे संख्या ८१ छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
प्रतिकृया दिनुहोस