गाउँ सहर
आफ्नै भाउजुको हत्या गरेको अभियोगमा पक्राउ
- गाउँ सहर संवाददाता
- ५ बैशाख आइतबार, २०७८ | २०:२७:०० मा प्रकाशित
काठमाडौँ । आफ्नै ४८ वर्षीया भाउजु रोशनी राजभण्डारीको हत्या गरेको अभियोगमा काठमाडौं महानगरपालिका-१० बस्ने ४८ वर्षीय मोहन राजभण्डारीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका-१० बुलबुले मार्गस्थित सडकमा रोशनीलाई मोहनले फलामको खन्तीले टाउकोमा प्रहार गर्दा गम्भीर घाईते भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरबाट खटिएको प्रहरीले उनको खोजतलास गर्नेक्रममा निज महानगरीय प्रहरी परिसर काठमाडौंमा आफै उपस्थित भएको अवस्थामा नियन्त्रणमा लिइएको हो ।
रड प्रहारबाट गम्भीर घाइते भएकी रोशनीको ट्रमा सेन्टर काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भोटेकोसी बाढीबाट मृत्यु हुनेको संख्या एक हजार नाघ्यो, ३९ सय १६ सम्पर्कविहीन
- राष्ट्रियसभाले पारित गर्यो विशेष प्रस्ताव
- करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित
- चीनतर्फका दुवै नाका बन्द
- भोटेकोशी बाढी प्रभावित क्षेत्रका नागरिकको पुनःस्थापनाका लागि सरकारद्वारा कार्यदल गठन
- विधानको गरिमा जोगाउन तदर्थ समितिको माग: मुद्रण महासङ्घभित्रको वैधानिक सङ्कट र निकासको बाटो
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
प्रतिकृया दिनुहोस