स्वर्गद्वारी जिप दुर्घटनामा प्रशासकीय अधिकृत र चालकको मृत्यु
- गाउँ सहर संवाददाता
- १ बैशाख बुधबार, २०७८ | १४:४३:०० मा प्रकाशित

काठमाडाैं । प्युठानको स्वर्गद्वारी जाँदै गरेको जिप दुर्घटनामा मृत्यु भएका मध्ये एकजनाको परिचय खुलेको छ । बुधबार बिहान भएको दुर्घटनामा दुईजनाको घटनास्थलमै मृत्यु भएको थियो ।
मृत्यु हुनेमा जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत श्याम न्यौपाने र जिपका चालक रहेका प्रहरीले जनाएको छ । तर जिपका चालकको भने परिचय खुलिसकेको छैन ।
नयाँ वर्षको अवसरमा गुल्मीबाट धार्मिक तिर्थस्थल स्वर्गद्वारी जाँदै गरेको लु १ ज १६५५ नम्बरको जिप स्वर्गद्वारी रुमालेमा दुर्घटनामा परेको हो ।
सडकबाट डेढसय मिटर तल भीरमा जिप खसेको छ । दुर्घटनामा घाइते भएका चार जनाको अवस्था गम्भीर रहेको छ । उनीहरुलाई हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौं ल्याउने तयारी भइरहेको छ ।
भीरमा जिप अड्केकोले उद्धारमा कठिनाई भइरहेको प्रहरी नायव उपरीक्षक सुनिल मल्लले बताए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस