यस्ताे छ देशभरकाे माैसम पूर्वानुमान
- गाउँ सहर संवाददाता
- २७ चैत शुक्रबार, २०७७ | ०९:०६:०० मा प्रकाशित
काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १ तथा पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रही देशका अरु क्षेत्रको मौसम सामान्यतया सफा रहने छ ।
स्थानीय वायु तथा पश्चिमी वायुको आंशिक प्रभावका साथै नेपाल भन्दा दक्षिणमा बनेको तल्लो वायुमण्डलीय न्यून चापीय प्रणालीको पनि प्रभाव रहेकाले केही क्षेत्रको मौसम प्रभावित हुने देखिएको हो ।
शुक्रबार दिउँसो प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहने छ ।
प्रदेश १ का थोरै स्थान र बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा अपरान्हपछि मेघ गर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना छ ।
देशका पश्चिमी तथा मध्य पहाडी तथा तराईका केही भू–भागहरुमा हल्का तुँवालो समेत लाग्न सक्ने सम्भावना रहेको मौसमविदले बताएका छन् ।
यस्तै राति पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहने छ ।
देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भोटेकोसी बाढीबाट मृत्यु हुनेको संख्या एक हजार नाघ्यो, ३९ सय १६ सम्पर्कविहीन
- राष्ट्रियसभाले पारित गर्यो विशेष प्रस्ताव
- करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित
- चीनतर्फका दुवै नाका बन्द
- भोटेकोशी बाढी प्रभावित क्षेत्रका नागरिकको पुनःस्थापनाका लागि सरकारद्वारा कार्यदल गठन
- विधानको गरिमा जोगाउन तदर्थ समितिको माग: मुद्रण महासङ्घभित्रको वैधानिक सङ्कट र निकासको बाटो
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
प्रतिकृया दिनुहोस