अर्थतन्त्र

ग्यापुकाे वार्षिकाेत्सवमा अनलाइन मेला, ८० प्रतिशतसम्म छुट, लाखाैंकाे उपहार

काठमाडाैं । घरायसी सामग्रीको होम डेलिभरी गर्दै आएको अनलाइन सपिङ ग्यापु डटकम (gyapu.com) ले वार्षिकाेत्सवमा अनलाइन मेला (gyapuversary mela) गर्ने भएकाे छ । 

वैशाख १ गतेदेखि ३ गतेसम्म चल्ने मेलामा ग्यापु अनलाइनले ८० प्रतिशतसम्म छुट अफर राखिएकाे ग्यापु डटकमका संस्थापक ज्ञानेन्द्र खड्काले जानकारी दिए । 

खड्काले भने,- "काेराेनाभाइरसका कारण विश्वभर भइरहेकाे लकडाउनकाे कठीन परिस्थितिमा पनि हामी शुरू गरेकाे अनलाइन सपिङ ग्यापु डटकम पुगेकाे अवसरमा हाम्राे अनलाइनबाट सामान खरिद गर्ने सेवाग्राहीका लागि ८० प्रतिशतसम्मकाे छुटका साथै लाखाैंका उपहारहरू राखिएकाे छ । काेराेनाकाे कठीन समयमा हामीले सेवा गर्ने माैका पायाैं । हामीलाई सेवाग्राहीले पनि विश्वास र माया गर्नुभयाे । अहिले नेपालीकाे आफ्नै अनलाइन सपिङ प्लेटफर्म Gyapu Marketplace नेपालकाे पहिलाे नम्बर छ । यसबाट हामी थप खुशी र जिम्मेवारीबाेध गरेका छाैं । नेपालीहरूकाे माया र सहयाेगले नै याे सम्भव भएकाे हाे । हामीलाई जस्तै अन्य स्वदेशी सबै ech Startup हरुलाई यसरी नै बराबरी माया गरिदिनुहुन अनुराेध गर्दछु ।" 

आवश्यक धेरै घरायसी सामान ग्राहकले ग्यापु डटकमको वेबसाईट वा मोबाइल एप मार्फत अर्डर गर्न सक्नेछन् ।

उक्त अर्डरको ग्यापुका कर्मचारी मार्फत २४ घण्टा भित्र निस्शुल्क डेलिभरी गरिने बताइएको छ। ग्राहकले डेलिभरी पूर्व ई-सेवाबाट पैसा तिरि क्यासब्याक समेत लिन सक्नेछन् ।

ग्राहकले कुनै पनि राष्ट्रिय वा अन्तर्राष्ट्रिय बैंक कार्डहरू, आईएमई पे, फोने पे, कनेक्ट आइपिएस, खल्ती, प्रभु पे मार्फत बिल तिर्न सक्छन् भने डेलिभरिको समयमा नगद समेत दिन सक्नेछन् । 

बन्दाबन्दीले घरभित्रै थुनिएका ग्राहकको चाहनालाई दृष्टिगत गर्दै अमेरिकाको आइटी हब सिलिकन भ्यालीमा रहेर लामो समय ब्यवसाय गरेका खड्काले नेपालमा गत चैत्र २१ गतेबाट ग्यापुको सुरुवात गरेका हुन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत