राजनीति

घनश्याम भुसाल र सुरेन्द्र पाण्डे पनि एमालेबाट ६ महिना निलम्बित

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेताहरू घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई ६ महिनाका लागि निलम्बन गरेका छन् ।

पार्टी हित विपरितको गतिविधि गरेको भन्दै यसअघि स्पष्टीकरण सोधिएका पाण्डे र भुसाललाई ओलीले ६ महिना निलम्बन गरेका हुन् । 

उनीहरूसँग मागिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै ओलीले बिहीबार पार्टीबाट निलम्बन गरेका हुन् । 

यसअघि ओलीले नेता माधव कुमार नेपाल र भीम रावललाई पनि पार्टीबाट निलम्बन गरेका थिए । 

गाउँ सहर संवाददाता