वातावरण

साेमबार पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्टयाङ्गसहित हल्का वर्षा

काठमाडाैँ । जल तथा माैसम विज्ञान विभाग माैसम पूर्वानुमान शाखाका अनुसार साेमबार पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार चैत्र १६ गते (सोमबार) दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही, बाँकी भू-भागहरुमा आंशिक बदली रहने छ । देशको पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

यस्तै राती प्रदेश १ लगायत देशको पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा  रहने छ । देशको पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

गाउँ सहर संवाददाता