स्वास्थ्य

काेराेना अपडेटः पछिल्लाे २४ घण्टामा नेपालमा काेराेनाका ८९ संक्रमित थपिए, ९५ जना निकाे

काठमाडाैं । पछिल्लो २४ घण्टामा नेपालमा ८९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार आइतबार थपिएका ८९ संक्रमितसँगै नेपालमा संक्रमितको संख्या २ लाख ७६ हजार ८ सय ३९ पुगेको हो ।

यस्तै, २४ घण्टामा ९५ जना कोरोनाबाट मुक्त भएका छन् । हालसम्म २ लाख ७२ हजार ५ सय ३० जना संक्रमणमुक्त भएको मन्त्रालयको तथ्यांक छ ।

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार २७ पुगेको छ । त्यस्तै १ हजार २ सय ८२ जना आइसोलेसनमा र ५७ जना क्‍वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

हालसम्म नेपालमा २२ लाख ६१ हजार १४६ पीसीआर परीक्षण भएका छन् ।

गाउँ सहर संवाददाता