दशरथ रंगशालामा नेपालले पहिलो खेलमा किर्गिस्थानसँग प्रतिस्पर्धा गर्ने
- गाउँ सहर संवाददाता
- ३ चैत मंगलबार, २०७७ | १६:५१:०० मा प्रकाशित

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले त्रिदेशीय अन्तराष्ट्रिय फुटबल प्रतियोगिताको खेल तालिका सावर्जनिक गरेको छ ।
एन्फाले मंगलबार प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो ।
दशरथ रंगशालामा हुने प्रतियोगिता चैत ९ देखि १७ (मार्च २२ देखि ३०) सम्म हुनेछ ।
एन्फाले सार्वजनिक गरेको तालिका अनुसार नेपालले पहिलो खेलमा किर्गिस्तानसँग खेल्नेछ ।
नेपाल र किर्गिस्तानबीचको खेल मार्च २५ गते हुनेछ । किर्गिस्तानको यू-२३ टिम हुनेछ ।
प्रतियोगिताको उद्घाटन खेलमा किर्गिस्तान र बंगलादेश खेल्ने छन् । उद्घाटन खेल २३ मार्चमा हुनेछ ।
यस्तै दोस्रो खेलमा नेपालले बंगलादेशसँग खेल्नेछ । नेपाल र बंगलादेशबीचको खेल २७ मार्चमा हुनेछ ।
राउण्ड रोबिनको आधारमा हुने लिगको शीर्ष दुई टिमले फाइनलमा प्रतिस्पर्धा गर्ने छन् ।
प्रतियोगितामा कुल ४ खेल हुनेछ ।
विश्वकप छनोट अन्तर्गत अष्ट्रेलियाविरुद्धको खेल रद्ध हुने बित्तिकै एन्फाले अन्तराष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता गर्न लागेको हो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस