कश्यपप्रसाद पौडेलद्वारा लिखित “डायनकी छोरी” लोकार्पण
- गाउँ सहर संवाददाता
- २८ फाल्गुण शुक्रबार, २०७७ | १९:४७:०० मा प्रकाशित

काठमाडौँ । उद्यमी तथा लेखक कश्यपप्रसाद पौडेलद्वारा लिखित “डायनकी छोरी” कथा संग्रहको लोकार्पण गरिएको छ । शुक्रबार काठमाडौँमा वरिष्ठ पत्रकार तथा सीमाविद् भैरव रिसालको प्रमुख आतिथ्यमा उक्त कथा संग्रहको लोकार्पण गरिएको हो ।
लोकार्पण कार्यक्रमको सभापतित्व घोष्ट राइटिंग नेपालका कमल ढकालले गरेका थिए भने अन्य अतिथिहरुमा डा. तुलसी भट्टराई (साहित्यकार), तारानाथ दाहाल (पूर्व अध्यक्ष नेपाल पत्रकार महासंघ), नरेन्द्रराज पौड्याल (पूर्व प्रशासक), शान्तराम बिडारी (अध्यक्ष, नेपाल पत्रकार महासंघ काठमाडौँ शाखा), महेश पौड्याल (नेपाल पत्रकार महासंघ काभ्रे पूर्व अध्यक्ष), सुनिल कुमार चालिसे (महासचिव फोरम फर हेल्थ एण्ड टेक्निकल), जीवनलाल शर्मा (नागरिक समाज), दिपकप्रसाद पौड्याल (पौड्याल वंश महासंघका उपाध्यक्ष) र बद्रीप्रसाद खतिवडा (पूर्व सांसद) रहेका थिए ।
कार्यक्रममा वक्ताहरुले लेखकलाई कथा संग्रह प्रकाशन र निरन्तरताको शुभकामना दिएका थिए ।
सिमल बुक पब्लिकेशन्सले प्रकाशन गरेकाे कथा संग्रहमा २१ फरक क्षेत्रका कथा समेटिएका छन् । पुस्तककाे मूल्य ३५० रूपैयाँ रहेकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
प्रतिकृया दिनुहोस