स्वास्थ्य

अब देशमा सक्रिय कोरोना संक्रमितको संख्या ८७२ मात्र, थप एकको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा ८९ नयाँ कोरोनासंक्रमित थपिएका छन् । एकको मृत्यु भएको छ । थप गरिएका संक्रमितसहित् कुल संक्रमितको संख्या २ लाख ७४ हजार ८१० पुगेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, पछिल्लो २४ घण्टामा ४२ जना संक्रमितले स्वास्थ्य लाभ गरेका छन् । योसहित् स्वास्थ्य लाभ गर्नेको संख्या २ लाख ७० हजार ९२७ पुगेको छ । 

मन्त्रालयका अनुसार आजसम्ममा कोरोनाका कारण ३ हजार ११ जनाको मृत्यु भएको छ । २१ लाख ९७ हजार २३५ जनाको पिसिआर टेस्ट भएको छ ।

मन्त्रालयका अनुसार देशमा ८७२ सक्रिय संक्रमित रहेका छन् । देशमा दाेस्राे चरणकाे खाेप अभियान जारी छ ।

गाउँ सहर संवाददाता