प्रभु बैंकद्वारा भ्रमणमा आएका विद्यार्थीलाई बैंकिङ ज्ञान प्रदान
- गाउँ सहर संवाददाता
- २३ फाल्गुण आइतबार, २०७७ | २०:०२:०० मा प्रकाशित
.jpeg)
काठमाडाैं । सिन्धुपाल्चोक जिल्लाको तालमराङ गाउँपालिकास्थित तेर्षे माध्यामिक र बतासे माध्यमिक विद्यालयमा कक्षा ७, ८ र ९ मा अध्ययनरत ५० जना विद्यार्थीले आज आइतबार प्रभु बैंक लिमिटेडको बबरमहलस्थित प्रधान कार्यालयमा अवलोकन भ्रमण गरी बैंकिङ साक्षरता तथा ज्ञान हासिल प्राप्त गरेका छन् ।
बैंकको प्रधान कार्यालय र बैंकबाट सञ्चालन÷सम्पादन हुने विभिन्न क्रियाकलापको अवलोकन तथा अध्ययनका लागि ५० जनाको संख्यामा आएका विद्यार्थीलाई विभिन्न ५ समूहमा विभाजन गरी बैंकका विभिन्न विभागको स्थलगत अवलोकन र विभागीय प्रमुखहरुसँग साक्षात्कार गराइएको थियो । स्थलगत अवलोकको समापन समारोहमा विद्यार्थीसँग अन्तरक्रिया गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बैंक र बैंकद्वारा सम्पादन हुने सबै किसिमका कार्यका बारेमा विद्यार्थीले बुझ्ने गरी प्रकाश पारेका थिए ।
बैंकका ब्रान्ड एम्बेस्डर एवं चर्चित गायक/कलाकार प्रकाश सपुतको उपस्थिति रहेको कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत शेरचनले सहभागी विद्यार्थीलाई कापी, कलमलगायतका शैक्षिक सामाग्रीसमेत प्रदान गरेका थिए ।
उक्त अवसरमा विद्यार्थीले प्रमुख कार्यकारी अधिकृत शेरचनसमक्ष विभिन्न किसिमका बैंकिङ तथा वित्तीय जिज्ञाशासमेत राखेका थिए ।
प्रभु बैंकले विभिन्न सामाजिक क्रियाकलापहरुमा सहभागीहुँदै सामाजिक क्षेत्रमा उल्लेख्य योगदान पुर्याउँदै नेपालको शिक्षा क्षेत्रमा समेत आर्थिक, शैक्षिकलगायतको सहयोग उपलब्ध गराउँदै आएको छ । आगामी दिनमा प्रभु बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न समाजपयोगी कार्यक्रममा सहभागिता जनाउँदै देशका विभिन्न विद्यालयमा अध्ययन विद्यार्थीलाई विद्यालय तहको बैंकिङ्ग व्यावहारिक ज्ञान प्रदान गरी बैंकिङ क्षेत्रमा वित्तीय साक्षरता उपलब्ध गराउन प्रतिबद्ध जनाएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- मरिचका बिरुवा बेचेर मनग्य आम्दानी
- राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
- नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत
- नयाँ प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभा विघटन, फागुन २१ गते बिहीबार निर्वाचन
- भायानेटले इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्कायाे, भन्याे- ग्राहकहरूले देखाएको धैर्य, बुझाइ, र विश्वासका लागि धन्यवाद
- जेन्जी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको दाहसंस्कार गरियाे
- जेन जी आन्दोलनमा देशभर ५१ जनाको मृत्यु पुष्टी
- जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्याे
प्रतिकृया दिनुहोस