स्वास्थ्य

काेराेना अपडेटः २,७७७ जनाको मृत्यु, देशमा अब ९६८ सक्रिय संक्रमित

काठमाडौँ । नेपालमा कोरोनाभाइरसका कारण मृत्यु हुनको संख्या २,७७७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ७३ जना नयाँ संक्रमित थपिएका छन भने ६४ जनाले स्वास्थ्य लाभ गरेका छन् । तर तीन जनाको भने मृत्यु भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्ममा संक्रमितको संख्या २,७४,२१६ छ भने स्वास्थ्य लाभ गर्नेको संख्या २,७०,४१७ पुगेको छ ।

मन्त्रालयका अनुसार आजसम्म २१,६५,९८५ जनाको पिसिआर टेस्ट भएको छ । देशभरका आइसोलेशनमा ९६८ र क्वारेन्टाइनमा ६१ जना रहेका छन् ।

गाउँ सहर संवाददाता