कम्युनिष्ट गणतन्त्र मास्ने बाटाेमा उन्मुख : महामन्त्री तिमल्सिना
- गाउँ सहर संवाददाता
- १६ फाल्गुण आइतबार, २०७७ | १४:१७:०० मा प्रकाशित
.jpeg)
झापा । नेपाल विद्यार्थी संघ (नेविसंघ) केन्द्रीय महामन्त्री बलदेव तिमल्सिनाले नेपालका कम्युनिष्ट गणतन्त्र मास्ने बाटाेतिर उन्मुख भएकाे आराेप लगाएका छन् ।
झापाको कचनकवल गाउँपालिका र भद्रपुर नगरपालिकामा नेविसंघद्वरा नेतृत्व बिकास, क्षमता बिकास र नेबिसंघको ऐतिहासिक पृष्ठभुमि सम्बन्धी प्रशिक्षण क्रममा उक्त कुरा बताएका हुन् ।
प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्ने क्रममा प्रमुख अतिथि नेपाल विद्यार्थी संघका महामन्त्री बलदेव तिमल्सिनाले नेपाली काङ्ग्रेसको नेतृत्वमा प्राप्त उपल्ब्धी मास्न र देशलाई प्रतिगमन तर्फ धकेल्ने बाटोमा परिबर्तन बिरोधी शक्तिहरु सक्रिय रहेको आरोप लगाए । नेपालमा गणतन्त्र, शान्ति प्रक्रिया र संविधान निर्माणको नेतृत्व गर्नुहुने काँग्रेस नेता कृष्णप्रसाद सिटौलाका बिरुद्ध झापाको निर्बाचनमा कम्युनिस्ट र राजाबादिहरुको एकताबाट नै संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल माथीको नियोजित आक्रमणको शुरूवात भएको महामन्त्री तिमल्सिनाले बताए ।
फागुन १३ र १४ १र१ दिने नेतृत्व बिकास,क्षमता बिकास र ने।बि।संघको ऐतिहासिक पृष्ठभुमि सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल विद्यार्थी संघ कचनकवल गाउँ कार्य समिति र भद्रपुर नगर समितिको आयोजनामा १३ गते कचनकवल र १४ गते भद्रपुर, चन्द्रगढिमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
नेपाल विद्यार्थी संघ केन्द्रिय महामन्त्री बलदेव तिमल्सिनाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा २ दिनमा ५ सय भन्दा बढी विद्यार्थीलाई प्रशिक्षण दिइएको थियो ।
संघका महामन्त्री तिमल्सिनाले नेपालमा कम्युनिस्ट र राजाबादी हरुले जित्नु भनेको हाम्रो सम्बिधान, गणतन्त्र,संघीयता, समाबेशि लोकतन्त्र, धर्मनिरपेक्षता र राष्ट्रियता कमजोर हुने भन्दै त्यस विरुद्ध बलियो नेबिसंघ र काङ्ग्रेस निर्माणमा झापामा सशक्त बन्न युवा विद्यार्थीहरुलाई आग्रह गरेका छन् ।
कार्यक्रममा नेबिसंघ उपाध्यक्ष तुलसा पन्त, प्रदेश न. १ का प्रदेश सभा सदस्य ओम प्रकाश सरावगी, झापा क्षेत्र नम्बर ३ का सभापति गणेश बिमली लगायत जिल्लाका नेताहरू, नेपाल विद्यार्थी संघका अध्यक्ष राजेन्द्र उप्रेती लागाएत नेताहरू सहभागीता रहेको जिल्ला सचिव नारायण नेपालले बताए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
प्रतिकृया दिनुहोस