गाउँ सहर

आँबुखैरेनीमा फोनिज गण्डकीको ‘डिजिटल जर्नालिजम’ बारे अन्तरक्रिया

  • १३ फाल्गुण बिहीबार, २०७७ | २०:४४:०० मा प्रकाशित

आँबुखैरेनी । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेश समितिको आयोजनामा तनहुँको आँबुखैरेनीमा 'सञ्चार प्रविधिको विकास र अबको पत्रकारिता' विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ -

तनहुँको आँबुखैरेनी गाउँपालिका र आन्तरिक मामिला तथा कानून मन्त्रालय गण्डकी प्रदेशको सहयोगमा सुचना, प्रविधिको विकास र अबको पत्रकारिता विषयक गण्डकी प्रदेश स्तरिय अन्तरक्रिया बुधबार एक कार्यक्रममा बिच सम्पन्न गरेकोे हो ।

गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले उक्त कार्यक्रमको उद्घाटन गरे । सो अवसरमा बोल्दै कानूनमन्त्री चुमानले प्रदेश सरकारले होमस्टेको प्रवद्र्धनलाई प्राथमिकतामा राखेर आफ्ना कार्यक्रमहरु अगाडी सारेको बताउदै सोही अनुरुप फोनिजलाई पनि अन्तरक्रियाकाे लागि सहयोग गरेको बताए । मन्त्री चुमानले गण्डकी प्रदेशका ११ जिल्लाबाट १०-१० वटा स्थानलाई पर्यटकीय गन्तव्यको रुपमा छनौट गरिएको बताउदै तनहुँबाट छिम्केसरी र आँधीमुल सूचिकृत भएको जानकारी दिए ।त्यस्तै तनहुँका प्रमुख जिल्ला अधिकारी सागर आचार्यले अन्तरक्रियाबाट मिडियाकर्मीहरुले बढि मात्रामा ज्ञानगुणका कुरा ग्रहण गरेर आगामी दिनमा सोही अनुरुप कलम चलाउनेमा विश्वास व्यक्त गरे ।

आँबुखैरेनी गाउँपालिकाका प्रमुख गिर बहादुर थापाले आफ्नो क्षेत्रमा रचनात्मक कार्यक्रमको आयोजना गरेको बताउदै पर्यटकिय गतिविधि मौलाउनेमा विश्वास व्यक्त गरे ।

त्यस्तै उपप्रमुख पुष्पा देवी श्रेष्ठले आँबुखैरेनी गाउँपालिका भित्रका पर्यटकिय गन्तव्य पहिचान हुन नसकेको बताउदै पहिचान भएका पर्यटकिय गन्तव्यको प्रवद्र्धनमा मिडियाले सहयोग गर्न आग्रह गरिन् ।  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेश ईन्चार्ज हुम बहादुर गुरुङले अन्य क्षेत्रमा जस्तै पत्रकारितामा समेत जातिय विभेद रहेको टिप्पणी गरेका थिए ।

'सञ्चार प्रविधिको विकास र अबको पत्रकारिता' (डिजिटल जर्नालिजम) विषयक गण्डकी प्रदेश स्तरिय अन्तरकि्रया कार्यक्रममा ग्लोबल मलि्टमिडिया जर्नालिष्ट रजनीश भण्डारीले कार्यपत्र प्रस्तुत गरेका थिए ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशका अध्यक्ष एमबी आस्था मगरको सभापतित्वमा सम्पन्न कार्यक्रममा संस्थाका सचिव खीमा गुरुङले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने सदस्य सुनिता रानाले कार्यक्रम सञ्चालन गरेकी थिईन् ।

तपाईँको मत