सर्वोच्चले संसद विघटनलाई सदर गरिदिन्छ कि बदर भन्नेमा सर्वत्र चासो, मुद्दाको पेसी आज ‘हेर्दाहेर्दै’मा
- गाउँ सहर संवाददाता
- ११ फाल्गुण मंगलबार, २०७७ | ०८:२८:०० मा प्रकाशित

काठमाडौं । अबकाे केही दिन सबैकाे ध्यान सर्वाेच्च अदालततिर देखिएकाे छ । प्रतिनिधिसभा विघटनविरुद्ध परेकाे मुद्दाकाे बहस सकिएपछि सर्वाेच्चकाे फैसलातिर कस्ताे आउला भन्नेतिर देखिएकाे छ ।
१३ वटा रिटमाथिको बहस गएको शुक्रबार सकिएसँगै फैसलाको प्रतिक्षा भइरहेको छ ।
सर्वोच्चले सोमबारसम्म बहस नोट पेश गर्ने समय दिएको थियो । सो समय सकिएसँगै मंगलबार (फागनु ११ गते) देखि मुद्दा हेर्दा हेर्दैमा गएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बहसको निर्णय मिति नतोकिएको भए पनि ११ गतेपछि जहिलेसुकै फैसला हुन सक्ने बताएका छन् ।
गएको पुस ५ गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद विघटनविरुद्ध परेका मुद्दामा संवैधानिक इजलासले माघ ४ गतेदेखि विषयबस्तु केन्द्रित भएर बहस सुन्दै आएको थियो ।
रिट निवेदकका तर्फबाट र विपक्षीका तर्फबाट दुई–दुई हप्ता बहस भएको थियो भने त्यसपछि एमिकस क्युरीले बसह गर्दै आएका थिए ।
सर्वोच्चले संसद विघटनलाई सदर गरिदिन्छ कि बदर भन्नेमा सर्वत्र चासो छ ।
पार्टीभित्रैबाट आफूलाई काम गर्न नदिइएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते संसद विघटन गरी आगामी वैशाख १७ र २७ गते दुई चरणमा मध्यावधि निर्वाचन गर्ने निर्णय गरेका थिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
प्रतिकृया दिनुहोस