विवेकशील साझा पार्टी सरकारमा पुगेमा ओली र देउवा नख्खु जेलमा : रवीन्द्र मिश्र
- गाउँ सहर संवाददाता
- १० फाल्गुण सोमबार, २०७७ | २२:०४:०० मा प्रकाशित

काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेसका सभापति शेरबहादुर देउवालाई नख्खु जेलमा कोच्ने चेतावनी दिएका छन् ।
सोमबार काठमाडौंको शान्ति बाटिकामा प्रधानमन्त्री ओलीको असंवैधानिक कदमविरुद्ध आयोजित विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष मिश्रले आफ्नो पार्टी सरकारमा पुग्ने बित्तिकै भ्रष्ट ओली र देउवालाई अख्तियार र सर्वोच्च अदालतमा लगेर उपचार गर्ने बताएका हुन् ।
उनले भने, "बालुवाटारबाट बालकोट जाने नेतालाई हामी सबभन्दा पहिला अख्तियार र सर्वोच्चमा उपचार गर्छौँ, त्यसपछि आराम गर्न उहाँलाई नख्खु जेलको चौरमा पुर्याउँछौँ ।"
उनले थपे, "नख्खु जेलको चौरमा जिन्दगीभर उहाँहरूले आराम गरेर बिताउनु हुनेछ ।"
आफ्नो पार्टी देशभक्तिको धरातलमा उभिएकाले संख्यामा सानो भए पनि एजेन्डामा अग्रणी रहेको भन्दै आफूहरू ठूला कुरा गर्न नहिचकिचाउने बताए ।
दलहरूले न्यायालयमा समेत भागबन्डा गरेकाले सर्वोच्चमा पार्टीका कार्यकर्ता पुग्ने गरेको भन्दै अध्यक्ष मिश्रले न्यायालयमाथि नै कालो पोतिएको बताए ।
राज्यका हरेक निकायहरू पार्टीका भागबन्डा मै गाँजिएकाले देशले दुख पाएको बताउँदै अध्यक्ष मिश्रले समतामूलक समृद्धिको लागि नागरिकले पनि मन र मत परिवर्तन गर्नुपर्नेमा जोड लिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्राप्त प्रतिक्रिया
यी नि हरु पनि सत्तामा नपुगे सम्म मात्र गफ दिने हुन सत्तामा पुगे उहीँ ताल हुन्छ
तेहि भएर जिन्दगीमा पुग्दैनन हैत ।।।
Gaf kati deko ho 77 jilla ko sabai thauma uthni manche pugchan ta....
नापिस
Kahila pugana ho
Marne belama
17000 लाई पनि हाल्दा हुन्थी यो ।माध्ब नेपालाइ बालुवाटार कान्ड मा हालुस आजिबन तपाई को भक्त हुन छु ।जन्ताले चाहे को नौ येहि हो ।
प्रतिकृया दिनुहोस