अर्थतन्त्र

नेप्सेमा सामान्य अंकले सुधार, नेपाल इन्फ्रास्ट्रक्चर बैंकमा लगानीकर्ताकाे आकर्षण

काठमाडौं । नेप्से परिसूचकमा सामान्य सुधार भएकाे छ । बुधबार सेयर बजारमा झिनो अंकको बढोत्तरी हुँदा नेप्से ९.९४ अंकले बढेर २६११.४५ अंकमा पुगेको छ ।

कारोबारमा विभिन्न कम्पनीका १ करोड ७६ लाख ८८ हजार २७१ कित्ता सेयर ८ अर्ब ३ करोड ५५ लाख १० हजार ८४४ रुपैयाँमा कारोबार भएको छ । आज वाणिज्य बैंक, विकास बैंक, ट्रेडिङ र म्यूचुअल फण्डबाहेकको उपसूचक नकारात्मक देखिएको छ ।

कारोबारमा आएको नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयर मूल्य अधिक वृद्धि हुनेको सूचीमा पहिलो स्थानमा छ । कारोबारमा आएको शेयर संख्याका आधारमा शीर्ष २ मा परेको यस कम्पनीको शेयर कारोबार संख्या र कारोबार रकमका आधारमा पहिलो स्थानमा छ । यस क्रममा बैंकको १३ लाख ९७ हजार कित्ता शेयर झण्डै ७ करोड रुपैंयामा किनबेच भएको छ ।

आजको कारोबारमा ५८ कम्पनीको सेयर मूल्य बढ्दा १०४ वटा कम्पनीको सेयरमूल्य घटेको छ भने १३ वटा कम्पनीको सेयरमूल्य स्थिर छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत